एनआइसी एसिया बैकले दुइवटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।बर्दियाको बडैयाताल गाउँपालिकाको शीतलाबजारमा र पर्वतको फलेवास नगरपालिकाको थापाथानाबाट बाहौ र तेहौ शाखाबाट सेवा प्रदान गरेको हो।
शीतलाबजारको प्रतिनिधिको रूपमा भनसिह सुनार र थापाठानाको लागि कविता कुवरलाई नियुक्त गरेको छ ।फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उदघाटन पर्वत उघोग वाणिज्य संघको अध्यक्ष केदारनाथ शर्माले गरेको हो ।एनआइसी एसिया बैकले देशभर २ सय २६ शाखाबाट बैंकिङ सेवा दिइरहेको छ भने बैकको १४ वटा एक्सटेन्सन काउन्टर,१३ शाखारहित बैंकिङ सेवा र २ सय १९ एटिएमबाट मार्फत बैकले सेवा प्रदान गरेको छ ।













































































































































































































