रूकुम र कविलवस्तुको ३ स्थानमा सिद्धार्थ बैंकको नयाँ शाखा संचालनमा आएको छ । रूकुमको उतरगंगा गाउँपालिकाको पुथा ,मुसीकोट नगरपालिकाको मुसीकोट र कविलवस्तुको शवराज नगरपालिकाको चन्द्रौटामा एकैदिन सिद्धार्थ बैकको ३ वटा शाखाले सेवा दिन शुरू गरेको बैकले जनाएको छ ।
त्यस क्षेत्रबाट बैंकले कर्जा ,रेमिटान्स ,निक्षेप र अन्य सबै आधुनिक सेवा दिने लक्ष्य राखेको छ । सिद्धार्थ बैकको देशभर १ सय २१ शाखा ,९९ वटा शाखा रहित सेवा ,३ वटा एक्सटेन्सन काउन्टर ,९ सयभन्दा बढी पिओएस मेसिन मार्फत र १ सय १६ एटिएमबाट गुणस्तरीय आधुनिक बैंकिङ सेवा उपलब्ध गराएको छ ।













































































































































































































