नेबिल बैंक लिमिटेडले प्रदेश ५ र ७ को ग्रामीण भेगमा १२ नयाँ शाखा स्थापना गरी सेवा दिन शुरू गरेको छ । उक्त शाखाको अर्थमन्त्री युवराज खतिवडा र बैंकको अध्यक्ष शम्भु प्रसाद पौड्याले संयुक्त रूपमा उदघाटन गरेका थिए ।
नयाँ शाखाहरू खुलेको स्थानहरू सुर्खेतको बराहताल गाउँपालिका ,डडेल्धुराको आलिताल गाउँपालिका रूपन्देहीको सम्मरीमाई गाउँपालिका ,बजाङको बित्थडचिर गाउँपालिका ,सल्यानको दार्मा ,जुम्लाको तिला गाउँपालिका कालिकोटको पलाता गाउँपालिका र पचालझरना गाउँपालिका ,अछामको रामारोशन गाउँपालिका ,बैतडीको पंचेश्वर गाउँपालिका ,डोटीको सायल गाउँपालिका र तुर्माखाद गाउँपालिका रहेका छन ।दुर्गम भेगको सर्वसाधारण जनतालाई आधुनिक बैंकिङ सेवा दिने उदेश्यले नयाँ शाखा स्थापना गरिएको बैकले जनाएको छ ।अहिलेसम्म ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ५६ स्थानीय तहमा बैकले शाखा स्थापना गरेको छ ।
नेबिल बैकले नयाँ शाखा मार्फत निक्षेप ,कर्जा ,रेमिटान्स ,मोबाइल बैंकिङ लगाएतको सबै सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।नेबिल बैकको देशभर एक सय १५ वटा एटिएम ,७४ वटा शाखा ,एक हजार पाच सयभन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा दिई रहेको छ ।













































































































































































































