गलकोट नगरपालिकाले आज पत्रकार भेटघाट गरि आर्थिक बर्ष २०७५÷०७६ मा सञ्चालन हुने योजना तथा बजेटको सार्बजनिक गरेको छ । गलकोट नगरपालिकाले गत असार २९ र ३० गते गरेका तेश्रो नगरसभामा प्रस्तुत भएको नगरका गौरबका, नगरस्तरका लगाएतका योजना तथा बजेटको सार्बजनिक गरेको भएपनि बाड स्तरमा सञ्चालन हुने कार्यक्रमको सार्बजनिक पत्रकार भेटघाट गरि सार्बजनिक गर्ने जनाएको थियो । आज नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गलकोट नगरपालिकाले ६० करोड ७ लाख ४६ हजार ३ सय बराबरको योजनाहरुलाई सार्बजनिक गरिएको थियो ।
नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाले यो आर्थिक बषमा समाबेश गरेका कार्यक्तम प्रभाबकारी रुपमा सञ्चालन गर्ने तथा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि योजान छनोट तथा बजेटको बिनयोजन गरिएको बताए । नगरका गौरबको योजनामा गलकोटनगरपालिकाका ११ बटा बाडमा १५ ओटा योजना सञ्चालन गर्न ५ करोड ४३ लाख बजेट बिनियोजन गरिएको छ । ४ करोड आन्तरीक राजस्व संकलनको लक्ष राखेर बनाईएको बजेटको स्रोतको रुपमा केन्द्र सरकाबाट आउने अनुदान र प्रदेश सरकारबाट आउने अनुदानलाई मुख्य स्रोतको रुपमा राखिएको छ ।
सभामा आर्थिक बर्ष २०७५, ०७६ मा आय तर्फ आन्तरिक तर्फ कर तथा राजश्वबाट ४ करोड, बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत संघिय सरकारबाट बित्तिय समानिकरण अनुदान बाट १० करोड ४९ लाख, संघिय सरकारबाट शसर्त अनुदान २२ करोड १२ लाख, संघिय समानिकरण अनुदान बाट १ करोड १७ लाख ६० हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँड वापत ४३ लाख १५ हजार ३ सय, सामाजिक सुरक्षा तर्फ ९ करोड र गत बर्षको मौज्दात ५ करोड गरि कुल ६० करोड ७ लाख ४६ हजार ३ सय आय प्रस्ताव गरिएको छ ।
त्यस्तै ब्यय तर्फ चालु खर्च तर्फ ५ करोड, बिभिन्न कोष व्यवस्थापन तर्फ २ करोड ७१ लाख ५० हजार, वाड स्तरिय योजना तर्फ २ करोड ७५ लाख, नगर गौरवका योजनाहरु तर्फ ५ करोड ४३ लाख, सामाजिक सुरक्षा तर्फ ९ करोड, नगरस्तरिय योजनाहरु तर्फ ८ करोड ३ लाख ३१ हजार ३ सय, ससर्त तर्फ २२ करोड, १२ लाख र अन्य बिबिध शिर्षकहरुमा ५ करोड २ लाख ६५ हजार गरि कुल ब्यय तर्फ ६० करोड ७ लाख ४६ हजार ३ सय अनुमान गरिएको जानकारी गराईएको छ ।
भेटघाटमा नगरभित्रका मुख्य आयोजना र क्रियाकलाप अन्तर्गत गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा स्वास्थचौकिको जग्गा व्यवस्थापनका लागी ४० लाख, वाड नम्बर २ नरेठाटीमा नगरसभा हलको भवन निर्माणका लागी ६५ लाख, वाड नम्बर ३ हटियामा हटिया गोलकोट पुर्णकोट सड्क स्तरोन्नतीका लागी २५ लाख, लिकंरोड नयाँ ट्रयाक निर्माणका लागी १० लाख, हटिया सेराबजार चोक देखि बेसी लमई सम्म सड्क स्तरोन्नतीका लागी १० लाख, गोलकोट पुजा व्यवस्थापन र बगैचा निर्माण तथा संरक्षण पर्यटन प्रबद्धनका लागी ५ लाख, गलकोट नगरपालिका वाड नम्बर ४ मा डाडाँखेत खरुवा सडक स्तरोन्नती
तथा कालोपत्रेका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ५ मा हरिचौर, बजार क्षेत्रको सडक बिस्तार तथा कालोपत्रेको लागी ४० लाख, गलकोट नगरपालिका वाड नम्बर ६ मा शिवालय नगरपालिका चोक, राजाको पुल हरिचौर सडक कालोपत्रेका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ७ मा मल्म आगाखेत देखि पाण्डवखानी मोटरबाटो स्तरोन्नतीका लागी ४० लाख, वाड नम्बर ८ काडेबासमा वाड कार्यालय निर्माणका लागी ५५ लाख, वाड नम्बर ९ को कार्यालयका लागी जग्गा व्यवस्थापनका लागी ३५ लाख, वाड नम्बर १० को रमुवा देखि पाण्डवखानी सडक स्तरबृद्धिका लागी ५० लाख, गलकोट नगरपालिका वाड नम्बर ११ मा मल्म देखि वाड कार्यालय जाने मोटरबाटो कालोपत्रेका लागी ५० लाख, नगरपालिका स्तरिय जडिबुटि अध्ययन, अनुसन्धान, उत्पादन र प्रबद्धन कार्यक्रमका लागी १८ लाख, बजेट बिनयोजन गरिएको जानकारि गराइएको थियो ।
अन्य कार्यक्रम तर्फ बिपद व्यबस्थापन कोष ४० लाख अल ओयदर रोडका लागी २५ लाख, नगरपालिकाको जग्गा व्यवस्थापनका लागी १ करोड ५० लाख, एकिकृत नगरबिकास गुरुयोजनामा २० लाख, पियचसिको स्तरोन्नती, नगरट्रर्मा सेन्टर, प्रयोगशाला निर्माणमा १८ लाख, नमुना रुपमा छात्राबास निर्माणमा १९ लाख, गलकोट बहुमुखि क्यापसको स्तरोन्नतीका लागी २० लाख, राष्ट्रिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागी ८ लाख, लक्षित बर्गको कार्यक्रमका लागी १८ लाख ५० हजार, नवजात शिशु, मातृ पोषण तथा रिफरल यातयातका लागी १७ लाख ५० हजार, कृषि तथा पशुविकास कार्याक्रमहरुका लागी ९१ लाख ५२ हजार शर्सत सहित, त्यस्तै शर्सत सहित बिद्यालय तथा शैक्षिक बिकास कार्याक्रमका लागी १८ करोड ५१ लाख, ९४ हजार, स्वास्थ कार्यक्रमका लागी २ करोड ७५ लाख ५४ हजार बिनियोजन गरिएको छ ।
त्यस्तै गलकोट नगरपालिका बडास्तरीय बजेट तर्फ ५ ओटा बिषयगत क्षेत्रबाट बिनियोजन गरिएको छ । आर्थिक विकास बडा स्तरीय बजेटमा आर्थिक विकासका योजना, सामाजिक बिकासका योजनाहरु पुर्बाधार विकासका योजनाहरु, बन तथा बाताबरण बिपद व्यबस्थापनका योजनाहरु, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फका योजनाहरुमा समाबेश गरि गलकोट नग्रपालिकाका सबैबाडामा २५ लाख रहने गरि कुल दुई करोड ७५ लाखको कार्यक्रम सञ्चालन हुने र उक्त योजनाका सम्झौता लगाएतका प्रक्रिया बडा तहबाट हुने गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुबेदीले जनाकारी दिनुए । त्यस्तै गलकोट नगरपालीकाले नगरस्तरको कार्यक्रममार्फत ५ ओटा विकासका क्षेत्रबाट आर्थिक विकासका योजना, सामाजिक बिकासका योजनाहरु, पुर्बाधार विकासका योजानहरु, बन तथा बाताबरण बिपद व्यबस्थापनका योजनाहरु, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फका योजनाहरुमा समाबेश गरि गलकोट नग्रपालिकाका सबैबाडमा करि ५० देखी ७६ लाख बराबरका योजना हरु समाबेश गरिएको बताइएको थियो ।
बडा नम्बर १ मा आर्थिक विकास तर्फबाट १३ लाख ५० हजार सामाजिक विकास तर्फ १२ लाख, पुर्बाधार बिकासतर्फ २८ लाख ५० हजार, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ ९ लाख, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ ५ लाख ५० हजार गरि गलकोट नगरपालिका बडा नम्बर १ मा ६८ लाख ५० हजार बिनियोजन भएको छ ।त्यस्तै बडा नम्बर २ मा आर्थिक विकास तर्फबाट ११ लाख सामाजिक बिकास तर्फ १३ लाख, पुर्बाधार बिकासतर्फ २५ लाख, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ ९ लाख, सस्थागत बिकास सेवाप्रवाह र सुशासन तर्फ ४ लाख गरि गलकोट नगरपालिका बडा नम्बर २ मा ६२ बिनियोजन भएको छ ।
बडा नम्बर ३ मा आर्थिक विकास तर्फबाट १३ लाख सामाजिक विकास तर्फ १२ लाख, पुर्बाधार बिकासतर्फ २७ लाख ५० हजार, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ ११ लाख, ५० हजार, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ ४ लाख ५० हजार गरि गलकोट नगरपालिका बडा नम्बर ३ मा ६८ लाख ५० हजार बिनियोजन भएको छ ।बडा नम्बर ४ मा आर्थिक बिकास तर्फबाट ११ लाख सामाजिक विकास तर्फ १० लाख, पुर्बाधार बिकासतर्फ ३० लाख, बन तथा बाताबरण बिपद ब्यबस्थापन तर्फ १० लाख, सस्थागत बिकास सेवाप्रवाह र सुशासन तर्फ ७ लाख गरि गलकोट नगरपालिका बडा नम्बर ४ मा ६८ लाख बिनियोजन भएको छ ।
बडा नम्बर ५ मा आर्थिक विकास तर्फबाट १३ लाख सामाजिक बिकास तर्फ १४ लाख, पुर्बाधार विकासतर्फ २९ लाख, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ ११ लाख, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ ४ लाख ५० हजार गरि गलकोट नगरपालिका बडा नम्बर ५ मा ७१ लाख ५० हजार बिनियोजन भएको छ ।बडा नम्बर ६ मा आर्थिक विकास तर्फबाट १० लाख सामाजिक बिकास तर्फ १० लाख, ५० हजार, पुर्बाधार विकासतर्फ २७ लाख ५० हजार, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ ८ लाख ५० हजार, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ २ लाख ५० हजार गरि गलकोट नगरपालिका बडा नम्बर ६ मा ५९ लाख बिनियोजन भएको छ ।
बडा नम्बर ७ मा आर्थिक विकास तर्फबाट १० लाख सामाजिक विकास तर्फ ११ लाख, ५० हजार, पुर्बाधार बिकासतर्फ २७ लाख ५० हजार, बन तथा बाताबरण बिपद ब्यबस्थापन तर्फ ८ लाख सस्थागत बिकास सेवाप्रवाह र सुशासन तर्फ २ लाख गरि गलकोट नगरपालिका बडा नम्बर ७ मा ५९ लाख बिनियोजन भएको छ ।बडा नम्बर ८ मा आर्थिक बिकास तर्फबाट ११ लाख सामाजिक विकास तर्फ १२ लाख, ५० हजार, पुर्बाधार विकासतर्फ ३१ लाख ५० हजार, बन तथा बाताबरण बिपद ब्यबस्थापन तर्फ १२ लाख सस्थागत बिकास सेवाप्रवाह र सुशासन तर्फ ४ लाख गरि गलकोट नगरपालिका बडा नम्बर ८ मा ७१ लाख बिनियोजन भएको छ ।
बडा नम्बर ९ मा आर्थिक विकास तर्फबाट ११ लाख सामाजिक विकास तर्फ १२ लाख, पुर्बाधार विकासतर्फ २६ लाख ५० हजार, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ १२ लाख, सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ ५ लाख गरि गलकोट नगरपालिका बडा नम्बर ९ मा ६० लाख ५० हजार बिनियोजन भएको छ ।
बडा नम्बर १० मा आर्थिक विकास तर्फबाट १२ लाख सामाजिक विकास तर्फ १३ लाख, पुर्बाधार बिकासतर्फ ३४ लाख, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ १० लाख सस्थागत बिकास सेवाप्रवाह र सुशासन तर्फ ७ लाख गरि गलकोट नगरपालिका बडा नम्बर १० मा ७६ लाख बिनियोजन भएको छ ।
बडा नम्बर ११ मा आर्थिक विकास तर्फबाट १२ लाख सामाजिक विकास तर्फ १३ लाख ५० हजार, पुर्बाधार विकासतर्फ २६ लाख ५० हजार, बन तथा बाताबरण बिपद व्यबस्थापन तर्फ १० लाख सस्थागत विकास सेवाप्रवाह र सुशासन तर्फ ३ लाख ५० हजार गरि गलकोट नगरपालिका बडा नम्बर ११ मा ६५ लाख ५० हजार बिनियोजन जनाकारि गराईएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुबेदीको सहजिकरणमा सम्पन्न भएको थियो ।



















































































































































































































