१० कार्तिक २०८३, सोमबार

 

“हाम्रो गाँऊ हाम्रो ठाउ, हातेमालो गरि समृद्ध बनाउ समृद्धिको लागि लगानी अबको बाटो , रोजौ आफ्नै माटो”

- गल्कोटको समृद्धिमा प्रत्यक्ष जोडिन चाहन्छन प्रबासी गल्कोटेहरु ।

बर्षौ पहिले देखि देशबाट दैनिक हजारौ युवाहरु विदेश पलायन हुने क्रम जारि छ । त्यो क्रम देश आमुल परिवर्तनका जति खोक्रा भाषण अथवा आंकलन गरे पनि दैनिक बढ्दो छ । उत्तिकै क्रममा देशमा दैनिक विदेशबाट मृत्यु हुने बैदेशिक रोजगारको लागि गएका श्रमिक हरुको शब पनि आइ रहेको छ । देशमा उचित रोगगार ग्यारेन्टी र ब्यबस्थापनको मुख्य समस्या युवाहरुको रोजाई बैदेशिक रोजगार बन्न पुगेको प्रष्ट देखिन्छ ।

यसैको एउटा स्वरूप म जन्मेको स्थान”गल्कोट”मा पनि ब्यापक देख्न पाइन्छ । गल्कोट भन्नेबित्तिकै बैदेशिक रेमिट्यान्स अत्याधिक भित्रिने स्थान मा पर्दछ । यहाँका अधिकांश युवाहरु विदेशछन् । खाडी मुलुक देखि लिएर एसिया अमेरिका युरोपका मुलुकहरुमा आफुलाई बिभिन्न पेसा व्यबसायमा स्थापित गर्दै आएका छन् गल्कोटेहरु ले ।

विदेशमा नेपालीहरुलाई समस्या पर्दा समाधान गर्न सझिलो संगै आफ्नो स्थानमा सामाजिक रुपमा राम्रा कामहरु गर्ने उदेश्यले बिभिन्न स्थान बिशेषको नामबाट सामाजिक सस्थाहरु खोलिनु राम्रो रुपमा लिइन्छ । पछिल्लो दिनहरुमा हेर्दा त्यो ब्यापक देखिन्छ । राम्रो हो तर स्वस्थ समाजसेवाले नेपालीहरुलाइ नै राम्रो गर्छ स्थान जहाँ कहाँकै किन नहोस । यसैको प्रक्रियाको खम्बा बन्दै सामाजिक रुपमा आफुलाई एक सक्रिय सस्थाको रुपमा स्थापित गराएको सस्थाहो गल्कोट समाज ।

औपचारिक रुपमा अन्तराष्ट्रिय परिषद घोषणा नगरिसकेको भएतापनि विभिन्न १४र१५ देशहरु मा सामाजिक काम मा सक्रिय रहदै आएको छ गल्कोट समाज । सरसर्ती भन्नु पर्दा आपसी भाइचारा, आपसी सदभाब अनि सम्बन्ध स्थापित गर्ने उदेशले स्थापना भएता पनि पछिल्लो चरणमा समग्र गल्कोटको समृद्धिको लागि अथवा गल्कोटमा समृद्ध बिकासको लागि हातेमालो गर्ने भरपुर इच्छासक्ति बोकेका छन् प्रबासी गल्कोटेहरुले ।

आजको मिति सम्म गल्कोट समाज जापान, गल्कोट समाज युके, गल्कोट समाज अष्ट्रेलिया, गल्कोट समाज अमेरिका, गल्कोट समाज डेनमार्क, गल्कोट समाज स्पेन, गल्कोट समाज कतार, गल्कोट समाज युएइ, गल्कोट समाज हंगकंग, गल्कोट समाज मलेसिया९प्रक्रियामा०, गल्कोट समाज कोरिया९प्रक्रियामा० गल्कोट समाज लब्जम्बर, गल्कोट समाज क्यानाडा९प्रक्रियामा० गल्कोट समाज काठमान्डौ, गल्कोट समाज पोखरा, गल्कोट समाज गल्कोट, गल्कोट समाज चितवन, गल्कोट समाज बाग्लुंग जति देशमा गल्कोट समाज जापान सस्थागत छ त्यहाँ नेपालीहरु लाइ समस्या पर्दा हरेक बखत अग्र स्थानमा समाज अग्रसर बनेर काम गरेको पाइन्छ ।

प्रसङ्ग गल्कोट समाज जापानको ।
गल्कोट बाट बिभिन्न उदेश्यले जापानमा आएका गल्कोटेहरुलाइ समेटी २००६ सालमा गल्कोट समाज जापान को स्थापन भयो । जापानमा नै भए पनि २००६ सालमा अहिले जस्तो सझिलो थिएन, सामाजिक संजालहरु को प्रयोग सुन्य थियो, फोन सम्पर्क पनि अहिले जस्तो बाक्लो हुदैन थियो । सिमित साधान र स्रोत का बीच २००६ सालमा गल्कोटेहरु लाइ एक गर्न आइपरेका समस्या समाधान गर्न पनि गल्कोट समाज जापान को आबस्यक छ भन्ने सोच का साथ यसको गठन भयो । गठन संगसंगै समाजले सामाजिक रुपमा आफुलाई स्थापित गराउदै लग्यो । जापानमा आफुलाई स्थापित गराउदै आफ्नो जन्मभूमिमा देखिरहेको स्वास्थको समस्या लाइ हेर्दा त्यहाँका बिरामीले समयमा उपचार पाउन भन्ने हेतुले एम्बुलेंन्स पठाउने काम समेत गल्कोट समाज जापान ले २००९र१० सालमा नै गर्यो ।

२००६ सालदेखि गल्कोट समाज जापान २०१८ साल सम्म आउदा धेरै उल्यखनीय कार्यहरु गरेको छ । गल्कोटमा बिधालयलाइ आर्थिक सहयोग गर्यो, गल्कोट का सबै स्वास्थ केन्द्रहरुमा निशुल्क स्वास्थ सामाग्री बाड्यो, गल्कोट स्थरिय निशुल्क बृहत स्वास्थ शिबिर गर्यो ९जसमा करिब ९०० जनाले स्वास्थ लाभ लिए०, स्वास्थ शिबिर को नाम आउदा डाक्टर जिबन को ठुलो भूमिका छ । उहालाइ यहि लेख मार्फत पुनस् हार्दिक धन्यवाद दिन चाहन्छु साहेद उहाले त्यो सक्रियता नदेखाएको भए त्यो सम्भब थिएन ।

गल्कोटमा सुपथ मुल्यमा निम्न आय भएकालाइ लक्षित गर्दै एम्बुलेन्स गुडायो जसले अहिले पनि गल्कोटे जनताको सेवा दिइ रहेको छ । भूकम्प गयो लाखौ रकम बोकेर गल्कोट समाज जापान प्रभावित क्षेत्रमा पुग्यो बिभिन्न चरणमा ५० लाख भन्दा बढीको राहत बाढ्यो । बाढी गयो फेरी पनि राहत बोकेर बाढी प्रभावित क्षेत्रमा ९कोहि पुग्न नसकेको क्षेत्रमा० पुग्यो त्यहाँ राहत सामाग्री सहित २ दिने निशुल्क स्वास्थ शिबिर संचालन गर्यो जसको लागि काठमान्डौबाट जनस्वास्थ बिशेषज्ञ डाक्टर रबिन्द्र पाण्डेले ठुलो योगदान गर्नु भयो ।

काठमान्डौ बाट निशुल्क सेवा दिन उहा हाम्रो रकम बाट औषधि किनेर बाढी प्रभावित क्षेत्रामा पुग्नु भयो । जसमा हामीले राहत तथा शिबिर गरि २० लाख जति खर्च गर्यौ । संगै हाम्रो अर्को महत्वाकांसी योजना गल्कोट समाज जापान ले भूकम्प प्रभावित क्षेत्रमा एउटा बिधालय भबन बनाउने थियो सोहि अनुसार हामीले रामेछाप मा बिधालय भबन बनायौ जुन भर्खर हस्तान्तरण गरियो त्यसको लागि करिब ३० लाख लागत लाग्यो । यसले गल्कोट समाज जापान गल्कोटेहरुको मात्र सस्था होइन भन्ने पुष्टि गरेको छ ।

यसै गरि हाम्रो गल्कोटको प्रमुख प्रवेश स्थल घोडाबाधेमा गल्कोट प्रवेश द्वार निर्माणाधीन छ जसको सम्पन्नको लागि हामीले करिब २५ लाख लागत छुट्याएका छौ । यसरि छोटो समयमा यति धेरै ठुला तथा देखिने कार्यहरु गरेको गल्कोट समाज जापानले जापानमा मृत्यु भएका नेपालीहरु को लागि, समस्या परेकाको लागि, नेपालमा समस्या परेका व्यक्तिहरुलाइ समेत पटक पटक गरेर करोडौ रुपयाँ सहयोग राशि नेपाल पठाउने साथै जापानमा खर्चिने कार्य गरेको छ । पछिल्लो समयमा हेर्नेहो भने समस्यापर्दा गल्कोट समाज लाइ भन्नु पर्यो भन्ने सम्म जापानमा एउटा छाप बनाएको छ ।

यो मानेमा जापानमा सामाजिक सस्थाहरु मध्यनै काम आर्थिक रुपमा सबै भन्दा धेरै सक्रिय भएर काम गर्ने सस्थाको रुपमा गल्कोट समाज जापानले आफुलाई उभ्याएको छ ९स्मरण रहोस जापानमा करिब १०० हाराहारिका० सस्थाहरु छन् ।
अंकमा नै भन्नु पर्दा गल्कोट समाज जापानले सामाजिक क्षेत्रमा स्थापना काल देखि अहिले सम्म करिबन ८।१० करोडको लगानी गरेको छ अझ पनि त्यो क्रम तिब्र छ ।

सामाजिक रुपमा पबित्र तरिकाले कामगर्दै आइरहेको गल्कोट समाज जापानलाइ जापानबासि नेपालीहरुको ठुलो साथ तथा समर्थन छ । जुन यसले गर्ने विभिन्न कार्यक्रमहरुमा प्रष्ट देखिन्छ ।यसरि बिगतका कार्यलाइ हेर्दा सामाजिक रुपमा गल्कोट समाज जापान ले चाहे नेपाल होस् चाहे जापानहोस् आफुलाई अग्रपंतिमा राख्न सफल भएको छ ।

अबको गल्कोट समाज 

अब गल्कोट समाज संगठित रुपमा नै ग्लोबलाइजेसन हुनु आबस्यक छ । अन्तराष्ट्रिय गल्कोट समाज को निर्माण अब को एक मात्र फराकिलो बाटो हुनेछ । यसो त यसको पहल नभएको होइन पहलकै क्रममा १४र१५ देशमा गल्कोट समाज ले सस्थागत स्थान ओगटेको छ । अझ यसको द्रुत बिस्तार र अन्तराष्ट्रिय गल्कोट समाज को निर्माण अब को एक मात्र बिकल्प रहेको छ । बाहिर अन्य देशमा रहेका गल्कोटेहरु ले यसको पहलकर्ता अनि समन्वयको लागि गल्कोट समाज जापान बाट ठुलो अपेक्षा गरेको बताई रहनु भएको छ बाराम्बार सार्बजनिक स्थानमा अन्य देशका गल्कोट समाज बाट आव्हान भै रहेको छ । अब को गल्कोट समाज जापानलाइ यो ठुलो मुख्य चुनौती हो र हुने छ ।

खास गरि अब गल्कोट समाज सामाजिक काम लाइ एक निरन्तरता दिदै , अब लगानी बोर्ड मार्फत सामुहिक लगानीमा जोड दिनु पर्छ पछिल्लो चरणमा आएको आवाजहो यो । बास्तवमा समृद्धिको नारा लगाएर होइन कार्यान्वयनमा जानु आबस्यक छ । सानो होस या ठुलो अब आफ्नो जन्म भुमिमा सुरुवाती गरिएन भए हामी बाकि कुरा मानै सिमित हुने छौ । हो गल्कोट समाज बिसुद्ध सामाजिक सस्था हो । यसमा कुनै दुइ मत छैन तर अब सामाजिक संगै पछिल्लो बदलिदो परिस्थिति संग नजोडीने हो भने दिगो हुदैन । फेरी हामि समृद्ध गल्कोट को नारा लगाउछौ त्यसको लागि पृथक ढंगले सोच्नु पर्ने आबस्यक छ ।

यसो त गल्कोटको समृद्धि संग प्रत्यक्ष आफुलाई जोड्न चाहन्छन गल्कोटेहरु । यो क्रम बढ्दो छ । गल्कोट मा पनि बजार बढ्दो छ उत्पादन लाइ जोड दिन सकियो भने पनि ठुलो सम्भावना देखिन्छ । नेपालमा पछिल्लो चरणमा बिभिन्न क्षेत्रबाट सामुहिक लगानी ले ठुलो स्थान पाईरहेको छ । नेपाल बाहिर रहेका नेपालिहरु बिभिन्न तरवले घरदेश संग जोडिएर बिभिन्न ब्यबसाय मा हात राखीरहेका छन् ।

भने कयौ नेपालीहरु राम्रो अबसर अनि राम्रो शुरक्षित लगानी गर्ने ठाउ नपाएर मन हुदा हुदै पनि अन्योलमा बसेका छन् । त्यसको विश्वाशनीय पुल बन्नु पर्छ गल्कोट समाज । त्यसको लागि यसका नेतृत्व कर्ता पहल कर्ता ले समयमा नै बिशेष ध्यान दिनु आबस्यक छ । अन्तमा हामी जुन देशमा रहेपनि आफ्नो जन्म भुमिलाइ औधि माया गर्छौ । यो या त्यो तरवले हामि प्रत्यक्ष जोडिन चाहन्छौ । अबको बाटो नै त्यहि हो आउनुहोस प्रबासी गल्कोटेहरु हातेमालो गरौ समृद्ध गल्कोटको परिकल्पना संगै यसको निर्माणको साझेदार बनौ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung