
देशको राजधानी छिर्ने मुख्य नाका नागढुंगा कलंकी सडक निर्माण हुन थालेको पनि बर्षाै बितिसक्याे अझैसम्म सडक सुधार हाेला भनेर अाशा गरिरहेका जनता दिनहुँ घण्टाै जामकाे यात्रा गर्न बाध्य छन् ।
देशमा सरकार छ कि छैन त्यसको महसुस नेपाली जनताले गर्न पाएका छैनन् । मात्रै ६ किलोमिटर सडक पार गर्न यतिबेला कम्तीमा पनि दुई घण्टा लाग्छ भन्ने कुरा सामान्य जस्तो भइसकेको छ ।राजधानी भित्र राजधानी बाहिर गर्ने एकमात्र सडकको अबस्थाकाे बारेमा पटकपटक संचार माध्यमले खबर उजागर गरिरहदा समेत सरकारले कामको जिम्मा लिने ठेकेदार कम्पनी लाई नत काम नै लगाउन सक्छ नत कार्वाही नै गर्न सक्छ ।
दैनिक हजारौं सवारी साधन गुड्ने कलंकी थानकोट सडकको धेरै भागमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन कै सकस छ बिद्यालयमा पढ्नजाने बिद्यार्थी कामकाजमा जाने कर्मचारी देखि सर्बसाधारण लाई यो सडकमा यात्रा गर्नु भनेको एउटा ठूलो युद्ध जित्नु बराबर भएको छ ।
नत सवारीसाधनमा यात्रा गर्न सहज छ नत पैदल हिड्न लाई नै बाटो छ अबस्था बिकराल छ नत भनेर हुने नत जनताले अाफै केही गर्न नै सक्ने घाम लागे धुलाम्मे हुन्छ पानी परे हिलाम्मे हुन्छ याे क्षेत्रमा बस्ने जनताको जनजिवन झन कष्टकर बनेको छ बेलाबेलामा अाक्राेश पाेखे पनि समस्याको समाधान भने हुन सकेको छैन । सडककै कारणले दिनहुँजसो दुर्घटना घटिरहेको छ ।
कलंकीकाे अन्डरपास सडक पनि अहिलेसम्म संचालनमा अाउन नसक्नु यो सडकमा यात्रा गर्ने यात्रु र सवारीसाधन चलाउने चालकलाई थप सास्ती साबित भएको छ ।
केही महिनाअघि गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदार कम्पनी लाई कडाइसाथ कार्वाही गर्ने भनेर उर्जी जारी गरे पनि अहिलेसम्म गृहमन्त्रीको साे उर्जि नागढुंगा कलंकी खण्डमा काम गर्ने ठेकेदार लाई भने छुन नसक्दा सडक अलपत्र परेको देखिन्छ ।
राजधानी कै मुटुमा भएको समस्या समाधान गर्न नसक्ने सरकारले देशको दुर दराजकाे समस्या कसरी समाधान गर्न सक्छ भनेर प्रश्न गरिरहेका छन् ।