नेपाल क्रेडिट एण्ड कमर्स ( एनसीसी ) बैंकले कर्णाली प्रदेशका विपन्न विघार्थीलाई सहयोग गर्ने भएको छ । ४० जना गरिव ,अनाथ र अपांग विघार्थीलाई लाग्ने १ वर्षको लागि लाग्ने खर्च ३ लाख रूपैया बैकले उपलब्ध गराएको छ ।
शिक्षा र स्वास्थ्यबाट बन्चित विघार्थीहरूलाई चोभार ६ ,किर्तिपुरमा संचालित हेल्पलेस चिल्ड्रेन होमलाई बैकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बूलाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम प्रत्यक विघार्थीलाई औषधोपचार बापत १ हजार ५ सय र विघालय शुल्क बापत २० हजार रहेको बैंकले जनाएको छ ।बैकको सहयोगमा चिल्ड्रेन होमको झ्याल र ढोकामा जाली खापा राख्ने काम समेत अगाडि बढ्न लागेको छ ।













































































































































































































