सामुदायिक विद्यालयमा पढाई स्तरीय हुदैन । गुणस्तर राम्रो छैन । राजनीति बढी चल्छ । तालिम प्राप्त शिक्षकले कक्षाकोठाभित्र तालिममा सिकेका कुरा सिकाउँदैनन् । शिक्षकहरु नियमित उपस्थित हुदैनन् । गफ गरेर नै दिन बिताउँछन् । आफ्ना छोराछोरीहरु संस्थागत विद्यालयमा भर्ना गर्छन् । आफूले पनि संस्थागत विद्यालयहरुमा नै लगानी गर्छन् । सामुदायिक विद्यालय भनेको त गरीब, दलित र हरिपहरुकै जमघट हुने स्थल हो । आदि आदि‘‘।। लाञ्छनाहरु लाग्दै र लगाउँदै आइएको अवस्था छ ।
तसर्थः आगामी दिनमा सामुदायिक विद्यालयको अवस्था सुधार नगर्ने हो भने राज्यको लगानी खरानी हुने निश्चित छ । सामुदायिक विद्यालयमा प्रयाप्त मात्रामा तालिम प्राप्त योग्य शिक्षकहरु छन् । भौतिक संरचना पनि उपयुक्त नै छ । अतः शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्पूर्ण सरोकारवालाहरु जुट्न सक्नुपर्छ । अब, सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, स्थानीय निकाय तथा पदाधिकारी कस्तो हुनु पर्छ रु के गर्दा गुणस्तर बढ्छ रु र कस्तो हुँदा तथा के गर्दा सामुदायिक विद्यालयको सुधार हुन्छ रु भन्ने विषयमा गरिएको एक टिप्पणी ।
शिक्षकः शिक्षक उडे विद्यार्थीहरु दगुर्छन् ।
शिक्षक दौडिए विद्थार्थीहरु हिड्छन् ।।
शिक्षक हिंडे विद्यार्थीहरु लत्रन्छन् ।
शिक्षक लत्रिए विद्यार्थीहरु मर्दछन् ।।
त्यसकारण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई संस्थागत विद्यालयको शेयर लगानीमा बन्देज गर्नुपर्छ । आफ्ना छोराछोरीहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा नै अनिवार्य भर्ना गर्ने नियम हुनुपर्छ । यदि कोही कसैले संस्गागत विद्यालयमा पढाउन लैजान्छ भने बच्चासंगै शिक्षकलाई पनि विद्यालयबाट बिदाइ गर्ने कडा व्यवस्था हुनु पर्दछ । शिक्षक आफू समाजको उदाहरणीय पात्र बन्न सक्नु पर्छ । प्रबिधिलाई पछ्याउँन सक्ने हुनु पर्छ। शिक्षकहरुको बढुवा गर्दा उसको कार्यक्षमता, कौशलता, सिकाई उपलब्धी र प्रबिधिको आधारमा गर्ने व्यवस्था हुनु पर्दछ । हाम्रा होइन राम्रा, योग्य, दक्ष, सक्षम र बालमैत्री शिक्षक हुनुपर्छ ।
विद्यार्थीः विद्यालयको गहना भनेका विद्यार्थी हुन् । विद्यार्थी अनुशासित परिश्रमी लगनशील र नियमित भए चाहेजस्तो बनाउँन सकिन्छ । तर अहिलेको जस्तो सामाजिक विषयमा ९६ अङ्क प्राप्त गरेको विद्यार्थीले घरमा आएको पाहुनालाई नमस्कार गर्न नमान्ने, विज्ञान विषयमा ९७ अङ्क प्राप्त गरेको विद्यार्थीले विजुलीको चिम फेर्न नजान्ने, गणित विषयमा १०० अङ्क प्राप्त गरेको विद्यार्थीले ७८ मा ७७ जोड्दा कति हुन्छ भनी सोध्दा क्याल्कुलेटर विना भन्न नसक्ने, कृषि विषयमा ९८ अङ्क प्राप्त गरेको विद्यार्थीले गहुँ र जौंको बोट छुट्याउन नसक्ने स्थितिको विद्यार्थी होइन, व्यवहारपयोगी र जीवनपयोगी शिक्षा दिई स्वावलम्बी र स्वरोजगारमुखी विद्यार्थी उत्पादन गर्नु पर्दछ ।श्रमप्रति आस्था र सम्मान गर्ने विद्यार्थी उत्पादन गर्नु नैं आजको प्रमुख आवश्यकता हो ।
अभिभावकः विद्यालयमा विद्यार्थी ९छोराछोरी० पठाइदिए आफ्नो सम्पूर्ण दायित्व पूरा भएको महशुस गर्ने अभिभावक हुनु हुदैन । कम्तिमा पनि आफ्ना बच्चाहरुको लागि आवश्यक सामग्रीहरु छ, छैन रु विद्यालय कसरी जान्छ रु कुन बेला, कसरी घर आउँछ रु गृहकार्य गर्छ रु वा गर्दैन रु विद्यालयमा नियमित छ, छैन रु संगत कस्तो छ रु कतिबेला सुत्छ रु कतिबेला उठ्छ रु घरमा मिहिनेत गर्छ, गर्दैन रु जस्ता सामान्यः कुराहरुको ख्याल गर्ने अभिभावक हुनु पर्दछ । समय समयमा विद्यालय जाने र आफ्ना बच्चाहरुको अवस्था के कस्तो छ रु शिक्षकहरुसंग बुझ्नु पर्दछ । आफ्ना बालबच्चाहरुको अगाडि धुम्रपान, मध्यपान, सूर्तीपान गर्नु हुदैन । उनीहरुको अगाडि जुवातास पनि खेल्नु हुदैन र त्यस्ता सामग्रीहरुको ओसार पसारमा समेत बालबालिकाहरुलाई प्रयोग नगर्ने नगराउने अभिभावक हुनु पर्दछ ।
विद्यालय व्यवस्थापन समिति र छनोट प्रक्रियाः विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, गाउँ शिक्षा समितिमा रहने सम्पूर्ण पदाधिकारीहरुको छोराछोरी सामुदायिक विद्यालयमा नै हुनु पर्छ । समितिका पदाधिकारीहरुले कम्तीमा पनि महिनाको एकपटक पालैपालो निरीक्षण र अनुगमन गर्नु पर्छ । निरीक्षण अनुगमन गर्दा देखिएका राम्रा र सुधार गर्नु पर्ने कुराहरुको टिप्पणी लिखित रुपमा राख्ने र समितिको बैठकमा लिपिबद्ध गरिएको सुधार गर्नु पर्ने विषयमा छलफल गर्ने व्यवस्था मिलाउनु पर्दछ । समितिको छनोट गर्दा राजनैतिक दृष्टिले नभई योग्य, दक्ष, सक्षम र क्षमतावान व्यक्तिहरुको खोजी गर्ने दृष्टिले हेर्नु पर्दछ । शिक्षक नियुक्ति, सरुवा, बढुवा तथा नसिहत वा कार्वाही गर्ने पूर्ण जिम्मेवारी सहितको विद्यालय व्यवस्थापन समितिको छनोट गर्नु पर्दछ ।
प्रधानाध्यापक र प्रधानाध्यापकको छनोट एवं व्यवस्थापनः विद्यालय सञ्चालन गर्ने पाइलट भनेको प्रधानाध्यापक हो । प्रधानाध्यापक निष्पक्ष, निस्वार्थी, निडर र कुशल नेतृत्वदायी क्षमता भएको व्यक्ति हुनुपर्छ । पूर्ण जिम्मेवारी सहितको प्रधानाध्यापक बनाउनु पर्दछ । हरेक विद्यालयमा प्रधानाध्यापक पदको छुट्टै एक दरबन्दी सृजना गर्नुपर्छ । प्रधानाध्यापकलाई कक्षा लिन नपर्ने र प्रशासनिक कार्य मात्रै गर्ने र कक्षा अवलोकन तथा पृष्ठपोषण गर्ने कार्यमा मात्रै तल्लिन गराउँनु पर्दछ ।
प्रधानाध्यापकको छनोट कुनै राजनैतिक आड्भरोसामा नभई उसको क्षमताका आधारमा गर्नु पर्छ । प्रत्येक ३र३ वर्षमा उत्कृष्ट सिकाई उपलब्धी ल्याउने सम्बन्धित तहका शिक्षकलाई प्रधानाध्यापकको पदमा नियुक्त गर्नुपर्छ । कागजी बाघ बनाई आउने व्यक्तिलाई होइन ।
स्थानीय निकाय तथा पदाधिकारीः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्थानीय निकाय एवं प्रतिनिधिहरु प्रतिबद्ध हुनुपर्छ । लाखौ, करोडौ खर्च गरेर कक्षाकोठिभत्र नछिर्ने तालिम होइन शिक्षकहरुलाई क्ष्ऋत् एवं बालमैत्री सम्बन्धी व्यबहारपयोगी तालिम सञ्चालन गर्नुपर्छ । अभिभावक शिक्षा सञ्चालन गर्नु पर्छ । शैक्षिक रणनीति बनाई कार्यान्वयन गर्नुपर्छ । सम्पूर्ण पदाधिकारीहरुको बालबच्चा सामुदायिक विद्यालयमा नै भर्ना गर्ने प्रतिबद्धता गरी कार्यान्वयन गर्नुपर्छ । विद्यालयहरुमा अहस्तक्षेपकारी भूमिका सहित सहयोगी र सहजीकरणदायी भूमिका निर्वाह गरी विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने रणनैतिक योजना सहित अगाडि बढ्नु पर्दछ । विद्यालयको आर्थिक, भौतिक एवं शैक्षिक र अन्य आवश्यक पूर्वाधार विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने कर्तव्यनिष्ठ स्थानीय पदाधिकारी हुनु पर्दछ ।
विद्यालयः शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय भवन र कक्षाकोठा पनि एक हो । किनभने ट्वाइलेटमा बसेर फूलको सुगन्ध लिन सकिदैन । तथापि भवन, कक्षाकोठा, शौचालय, खानेपानी, फर्निचर लगायतका भौतिक वस्तुहरु बालमैत्री तथा अपाङ्गमैत्री हुनु पर्दछ । ईमेल, इन्टरनेट, मल्टिमिडिया प्रोजेक्टर, स्मार्ट बोर्ड, स्मार्ट टिभी, विद्युतीय हाजिरी तथा सिसी क्यामेरा सहितको कक्षाकोठा व्यवस्थापन गरी अभिभावकहरुले विद्यालय र सम्पूर्ण कक्षाकोठाको गतिविधि आ( आफ्नै घरमा बसेर मोवाइलमा हेर्न र निरीक्षण गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ । जुन प्रविधिको प्रयोगबाट जुनसुकै ठाउँबाट भएपनि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, शिक्षा समिति, स्रोत व्यक्ति, शिक्षा शाखा प्रमुख सबैले विद्यालयहरुको सम्पूर्ण गतिविधिहरुको अवलोकन, अनुगमन र निरीक्षण आफ्नै मोवाइल मार्फत गरी सुभाव दिन सकियोस् । यसले गर्दा शिक्षक, विद्यार्थी तथा विद्यालय प्रशासनलाई समेत चुस्त र दुरुस्त राख्न थप टेवा पुग्दछ र गुणस्तर बढ्न सहयोग मिल्दछ । अतस् अबको विद्यालय भनेको प्रमाण पत्र मात्र दिने विद्यालय नभई व्यवहारिक सीप र शिक्षा दिने विद्यालयको रुपमा विकास गरेर लैजानु पर्दछ ।
विद्यालयको आफ्नै वेभसाइटः प्रत्येक विद्यालयहरुले आ(आफ्नै वेभसाइट समेत बनाउँनु पर्छ । विद्यालयले विभिन्न शीर्षकमा प्राप्त गरेको आम्दानी र खर्चलाई आफ्नै वेभसाइट मार्फत सार्वजनिक गर्न विभिन्न सूचना, नतिजा र आफूले गरेका राम्रा अभ्यासहरुका वारेमा जानकारी दिनका लागि आफ्नो एक छुट्टै वेभसाइट बनाई प्रयोग गर्नु पर्दछ ।
निश्कर्षः यसरी यहाँ उल्लेख गरिएका सम्बन्धित पक्षहरुको सुधार पहिलो शर्त हो । साँच्चिकै यी विविध पक्षहरुको सुधार माथि उल्लेख गरिए जस्तो हुन र बन्न असम्भव छैन र महत्वकांक्षा पनि होइन । अब, सामुदायिक विद्यालयको सुधार सम्भव छ र सुधार गर्न सकिन्छ । सबै सरोकारवालाहरुले पहिले आफैबाट परिवर्तन शुरुवाट गरौं । इमान्दारिताका साथ शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, स्थानीय निकाय तथा पदाधिकारी लगायत सबै सरोकारवालाहरुले आजैबाट आफूलाई परिवर्तनका लागि शुरुवात गरौं । सामुदायिक विद्यालय सुधारिन्छ । सामुदायिक विद्यालयको महत्व बढ्छ । शिक्षकहरुको मान, प्रतिष्ठा र स्वाभिमान उच्च हुन्छ । तत्पश्चात सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभिभावकहरुको लर्को लाग्छ ।



















































































































































































































