
बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनले आफ्नो स्थापना दिवश मनाएको छ । नेफ्स्कूनको ३१ औं स्थापना दिवसको अवसरमा देशभर रहेका फिल्ड कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरीएको छ ।
यसैसन्दर्भमा नेफ्स्कून फिल्ड कार्यालय लमजुङले पनि विविध कार्यक्रमहरु गरी स्थापनादिवस मनाएको छ । बेशिसहर नगरपालीकाका नगरप्रमुख गुमानसिंह अर्यालयले स्थापनादिवसको केक काटि दिपसमेत प्रज्वलन गरेर उद्घाटन कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा नगरप्रमुख अर्यालले सदस्यहरुको आर्थिक समृद्धिका लागि स्थापित सहकारीहरु केही टाँठावाठा व्यक्तिहरुले दुरुपयोग गर्दा बद्नाम भईरहेका बताए । सहकारी संस्थाहरुले सहकारीका नीति, विधि र सिद्धान्तलाई आत्मसाथ गरी दिर्घकालसम्म संस्थाको भविष्य उज्ज्वल हुने गरि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
संघिय संरचनामा सहकारी संस्थाहरुलाई स्थानीयनिकायले हेर्ने व्यवस्थाभएको बताउदै अर्यालले बेशिसहर क्षेत्रका सहकारी संस्थाहरुको संस्थागतविकास र सुदृढिकरणमा नगरपालीकाले भूमिकानिर्वाह गर्ने समेत बताए । कार्यक्रममा जिल्ला सहकारी संघ लि. लमजुङका अध्यक्ष मेघराज गुरुङ, जिल्ला बचत तथा ऋण सहकारी संघ लिलमजुङका अध्यक्ष दुर्गाभक्तधमाला, बेशिसहर क्षेत्रीय समन्वय समितिका अध्यक्ष विमल श्रेष्ठ, महिला सहभागिहरुको तर्फवाट फुलवारी साकोसका प्रिती थापा लगायतले शुभकामनामन्तव्य राखे ।
कार्यक्रममा नेपालको सहकारी अभियान र नेफ्स्कुनको विगत र वर्तमानको बारेमाजानकारी गराउदै नेफ्स्कूनका सञ्चालकएवं फिल्ड कार्यालय
लमजुङका संयोजक चण्डिप्रसादशर्मा पौडेलले सहकारी संस्थाहरुले समयसापेक्ष आफुहरुलाई परिमार्जन गर्दै सहकारीका परिमार्जित नीतिविधि र प्रविधिमा आधारीत रहि सञ्चालनहुनुपर्ने बताए । पौडेलले सदस्य संस्थाहरुको सुदृढिकरण र विकासमा नेफ्स्कूनले निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।
नेफ्स्कूनले स्थापनादिवसकै अवसरमा लमजुङको वेशिसहरमा रहेको मानव सेवाआश्रममा खाद्यन्न सहयोग गरेको छ । नेफ्स्कूनको संयोजन र जिल्ला स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थालि. र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सहयोगमा १ बोरा चामल, १ प्याकेट तेल, दाल र १५ के.जि. आटा सहयोग हस्तान्तरण गरेको थियो । स्थापनादिवसकै अवसरमा कृषक जागरण साकोसले लमजुङ सामुदायीक अस्पतालमा जाँचगर्न आउने २४७ जनाविरामीहरुका लागि टिकट शुल्क छुट गराईदिएको छ ।
२०४५ श्रावण ३२ गतेकादिनआपासमा सहयोग अभिबृद्धि गर्ने अभिप्रायले स्थापना भएको नेफ्स्कुनका हाल १ वटा केन्द्रियकार्यालय, २० वटा फिल्ड कार्यालय, १०६ जना कर्मचारी, ३१५९ सदस्य, ४ खर्व ८५ अर्व बरावरको पुँजी परिचालन, १७ करोड ७९ लाख शेयर पुँजी, ४ अर्व २७ करोड बचत, २ अर्व ७० करोड लगानीमा रहिरहेको ऋण रहेको छ । संघले सदस्य संस्थाहरुको सुदृढिकरण र विकासका लागि विभिन्न तालिम शिक्षा, गोष्ठि भ्रमण लगाएतका कार्यक्रमहरु गर्दै आईरहेको छ
२०१३ सालमा चितवनको बखान सहकारीबाट सुरुवातभएको नेपालको सहकारी अभियान हालसम्म आईपुग्दा ३४ हजार ५ सय १२ वटाको संख्यामा पुगेको छ । नेपालको सहकारी अभियानमार्फत २ खर्ब ७४ अर्व १५ करोड ४० लाखभन्दा वढि पुजी परिचालन भएको छ । जसमध्ये ६६ प्रतिशत हिस्सा बचत तथा ऋण सहकारी संस्थाहरुको रहेको छ । सहकारी संस्थाहरुमा ६३ लाख ५ हजार ५ सय ८१ सदस्य, २ लाख ४७हजार ८ सय २७ सञ्चालक र १ लाख ३ हजार ५ सय ३६ लेखातथा सुपरीवेक्षण मितिमा स्वंयसेवी रुपमा परिचालन रहेका छन् ।