मले र भुमिपुत्रका बारेमा चिन्ता गर्नु अन्य जनताबारे बेखबर रहनु पक्कै होइन । धृतराष्ट्रजस्तो पुत्रमोह पाल्नु त झनै होइन । उनी प्रधानमन्त्री भएको एक दशकसम्म मलेसियाको बृद्धिदर प्रतिवर्ष ८ प्रतिशत थियो । निन्तर विकासको यो दर निकै लोभलाग्दौ हो । आफुले लिएको नीति सही तरिकाले अघि बढिरहेकोमा उनी विश्वस्त थिए ।
एकपटक छलफलका क्रममा स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज का प्रमुख डा नुर्दिन सोपीले भविष्यको मलेसियाबारे केही सोच लिएर आए । उनले मलेसियाको सामाजिक , आर्थिक र राजनीतिक विकासलाई गति दिन सन् २०२० सम्म अपनाउनुपर्ने नीति उल्लेख गरेका थिए । एउटा चिकित्सकका नाताले महाथिरलाई यो सोच किन पनि रुच्यो भने आँखाले सही तरिकाले शतप्रतिशत काम गर्न दुवै आँखाले चारैतिर बराबर हेर्न सक्नुपछै । राजनीतिले पनि सामाजिक, आर्थिक र राजनीतिक दुरदृष्टि कायम गर्न शतप्रतिशत काम हुनुपर्ने यो व्लुप्रिन्टको दृष्टिकोण थियो । डा नुर्दिन र डा महाथिर मिलेर यसलाई भिजन २०२० नामाकरण गरे । दुवैले यसलाई प्रचार गर्ने निधोर गरे ।
सन् १९९१ मा महाथिरले देशलाई समृद्ध बनाउने उद्देश्यसहित ३० वर्षे योजनाका रुपमा भिजन २०२० अभियान सुरु गरे । त्यस बेला बेलायत , क्यानडा , हल्यान्ड , स्विडेन, जापानलगायत १९ वटा राष्ट्रलाई पुर्ण विकसित मानिन्थ्यो । यी राष्ट्रका आरुनै विशिष्टता थिए, शक्तिशाली थिए । तर महाथिर तिनको सोच लिएर नीतिहरुजस्तै हुन चाहँदैनथे । त्यसको साटो आरुनै शैलीमा उनीहरुनत्तिकै विकसित राष्ट्र बनाउन चाहन्थे । विकसित राष्ट्रको समस्या भन्नु नै ज्यादै भौतिकवादी हुनु थियो । त्यहाँ नैतिक मुल्य र मान्यता आराले झरेको थियो ।
मलेसिया अरुनै किसिमको आधुनिक हुन सक्छ कि सक्दैन भनी छलफल चलाउनु थियो । उनी एउटा यस्तो आदर्श देश बनाउने सोचमा थिए जसको समाज केयरिङ र सेयरिङमा आधारित होस् । आफ्नो यो सोचलाई उनले १९९१ फेब्रुअरीमा मलेसियन विजनेस काउन्सिलको बैठकमा पेस गरे । उनले त्यहाँ विकास आर्थिक गतिविधिमा मात्र आधारित हुन नहुने तर्क राखे । त्यो आदर्श विकासका लागि उनले सात मुख्य चुनौति देखेका थिए । ती नयाँ त थिएनन् तर तिनलाई ध्यानमा राखी लक्ष्यमा अघि बढ्नुपर्ने आवश्यकता थियो ।
१) एकीकृत मलेसिया स्थापना गर्नुपर्छ । जन्मका हिसाबले कोही चिनिँया , केही तमिल, कोही मेल , कोही भुमिपुत्र वा युरेसियन अथवा थाई मुलका भए पनि सबै देश स्थिर बनाउने चिन्ता सबैलाई छ । विविधता एकता सोच्नुपर्छ । देश मानसिक रुपमा सुरक्षित छ भन्ने हुनुपर्छ । हाम्रा उपलब्धिमा हामीले गर्व गर्नुपर्छ । उम्दा सफलताका लागि निरनतर प्रयास गुर्नपर्छ । थोरैमा सन्तोष मान्न हुन्न । स्तरीयताको उपेक्षा गर्नुपर्छ , त्यो हासिल पसन गर्नुपर्छ तर त्यो स्तर हामीले निर्धारण गरेको हुनपर्छ । अरुले थोपरेको स्तरीयता हुनुहुदैन । देशको रुचि अनुसार काम गर्नुपर्छ । कुनै विदेशको रुचि र उसले निर्धारित गरीदिएको तहमा हुनुहुदैन ।
२) हामीले विदेशी खास गरी पश्चिमेली राष्ट्रको गुलामी भोगेकाले उनीहरु नै उत्तम भन्ने सोच त्याग्नुपर्छ । उनीहरुलाई परै राख्नुपर्छ । स्वाधीनता र स्वतनत्रता पाएको दशकौ भइसक्दा पनि हामी मानसिक रुपमा उनीहरुबाट अझै मुक्त हुन नसकेको देखिन्छ । त्यो त्याग्नुपर्छ । हामीले हाम्रा चरित्र र मुल्यलाई उत्तम देख्न थाल्नुपर्छ ।
३) हाम्रा परम्परा , धार्मिक विश्वासलाई सम्मान गर्नुपर्छ । जुनसुकै जात, धर्म र संस्कृतिको भए पनि उनीहरुको परम्परा र धार्मिक विश्वासलाई इज्जत दिनुपर्छ । साथै , राष्ट्रिय धर्म र परम्परालाई पनि सबैले सम्मान गुर्नपर्छ । हाम्रो चरित्र समाजमुखी र प्रजातान्त्रिक हुनुपर्छ , जहाँ सहमतिलाई सधै जोड दिनुपर्छ ।
४) विज्ञान प्रविधिमा जति प्रगति आवश्यक छ उति नै बजारमुखी प्रविधिलाई नियन्त्रण गर्न आवश्यक छ । हामीले आरुनै नयाँ प्रविधि सिर्जन ागर्न सक्नुपर्छ । संसारले बनाएका चिज मात्रै उपभोग गर्ने डम्पसाइट बन्न हुदैन । सिर्जनशील देशसँग हातमा हात मिलाएर वैज्ञानिक खोज र प्रविधिप्रगत आविष्कारमा सधै अधि बढ्नुपर्छ ।
५) पश्चिम राष्ट्रले अँगालेजस्तो वेलफेयर स्टेटको मानसिकता त्याग्नुपर्छ । हाम्रो समाज आफैमा अरुलाई ख्याल राख्ने हुँदै हो । मानिसलाई कमजोर बनाउने पश्चिमी राष्ट्रहरुको जस्तो स्वतन्त्रता हामीलाई चाहिदैन । हामीलाई परिवार र समाज जोड्ने स्वनिर्भर समाज चाहिन्छ । एसियाली समाजमा हामीले सधै परिवारको साथ देख्छौ , सामुहिक बसाइ र काम गराइ देखेको छौ , यो उत्तम प्रणाली हो । यही प्रणालीमा लक्ष्यमुखि , नैतिकवान् र जिम्मेवार नयाँ पुस्ता सिर्जना गर्नुपर्छ ।
६) हामीले पुँजीवादी र साम्यवादी विचार राख्ने दुवै किसिमका समाज देख्यौ । दुवैले संसारलाई ठुलो नोक्सानी पु¥याएका छन् । हामी दुवै चाहँदैनौ । हामी सबै किसिमका समाजलाई बराबरी सहकार्य र सहधएर्मितामा आधारित आर्थिक उन्नति चाहन्छौ । यसले सामाजिक रुपमा अक्षुष्णता राखोस् । जातिगत गरिबी हटाउनुपर्छ । कुनै काममा जातिविशेषको दक्षता छ भन्ने कानसिकता पनि निर्मुल पार्नु छ ।
७) अन्त्यमा , हामीले सशक्त , विविधतायुक्त अर्थतन्त्र विकास गर्दै पुर्ण रुपमा प्रतिस्पर्धी अनि कठिन समयमा पनि बौरिन सक्ने आर्थिक संरचना विकास गर्नुपर्छ । यसले सशक्त मध्यवर्ग जन्माओस् । आर्थिक रुपमा मात्र होइन , बृहत् समाजिक अर्थमा यो वर्ग जन्मियोस् । हामीले आर्थिक बृद्धिमा मात्र आँखा गाड्न हुन्न । समग्र मानव विकास , तिनको क्षमता र प्रयासमा जोड दिनुपर्छ । भिजन सुरु गरिएदेखि सन् १९७१ को आर्थिक सङ्कटसम्म मलेसियाको आर्थिक बृद्धिदर लगातार ७ प्रतिशत कायम रह्यो । त्यसपछि आर्थिक सङ्कटले केही अप्ठ्यारो पारे पनि चाँडै त्यसबाट निस्कन सक्यो । बृद्धिदर ५ देखि ६ प्रतिशत हाराहारी रहिरह्यो । यस हिसाबले सन् २०२० सम्म मलेसियाले विकासलक्ष्य हासिल गर्ने अपेक्षा महाथिरको छ ।
मलेसियालाई विकसित देशको स्तरमा पु¥याउन अनुसन्धानमा विशेष जोड दिनुपर्ने र बढीभन्दा लगानी गर्नुपर्ने आवश्यकता उनले देखेका छन् । अमेरिकाले सिलिकन भ्यालीमार्फत कम्युटर प्रविधिमा विकास गुर्नको मुल कारण अनुसन्धानमा ठुलो रकम खर्च गरी त्यसको विकास र बजार कसरी बढाउन सकिन्छ भन्नेमा धेरै दिमाग खियाउनु पनि हो ।
आज संसारभरका मानिस त्यस योजनालाई सघाउन त्यहाँ जाने गरेका छन् । यसले ऊ झन धनी भइरहेको छ । खास गरी तेज दिमागका एसियालीकै बलमा सिलिकन भ्याली चलिरहेको पाउँदा आफुलाई आश्चर्य लागेको महाथिर बताउँछन् । त्यस्तै सुविधा सरकारले मलेसियामा उपलब्ध गराउनुपर्ने र यस्ता आवश्यकतामाथि सरकारी कर्मचारीले विशेष चासो राख्नुपर्ने उनको धारणा छ ।
अहिले मलेसियाको नयाँ पुस्ता सशक्त हुँदै आएको र तिनले प्रविधिका उन्नत कुरा तत्काल बुझ्न सक्ने क्षमता बोकेकाले एउटा मात्रै प्रोजेक्ट सफल भए त्यसले विश्वव्यापी मान्यता पाउने सम्भावना उनी दर्साउँछन् ।



















































































































































































































