१२ कार्तिक २०८३, बुधबार

 

महिला जागरण केन्द्रको दरखाने कार्यक्रम सम्पन्न

महिला जागरण केन्द्र इकाइ समिति बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा तिजिगित तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती प्राविको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा महिला जागरण केन्द्र बडिगाड १ र २ का अध्यक्ष विना थापाले तिजी गित हरु महिला हिंसा विरुद्ध हुनु पर्ने तथा समाजमा भैरहेको भड्कीलो पनलाई अन्त्य गर्नुपर्ने वताएका छन् ।

बडिगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रकी अध्यक्ष समेत रहनुभएकी थापाले समाजमा संस्कारका नाममा भैरहेका भड्कीला चलनलाई महिला दिदिबहिनीले नै अन्त्य गर्नुपर्ने वताएका हुन् ।

कार्यक्रममा तिजिगित कार्यक्रम सहित दर समेत खुवाइएको थियो । कार्यक्रम इकाइ समितिका अध्यक्ष इन्द्रकला पाण्डेको अध्यक्षता, सदस्य गिता पोखरेलको स्वागत मन्तव्य तथा रेनुका घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung