१३ कार्तिक २०८३, बिहीबार

 

गृहमन्त्रीको राजिनामाको माग सहित बुर्तिबाङमा जुलुुस (संगीन जिसी हत्याकाण्ड )

संगीन जिसीको हत्या भएको २६ दिन वितिसक्दा समेत सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै संगिनको गृह जिल्ला बागलुङको बुर्तिबाङमा चांडोभन्दा चांडो सरकारले दोषी पत्ता लगाई कारवाहि हुनुपर्ने माग सहित जुलुुस प्रदर्शन गरिएको छ

बुर्तिबाङ घर भई अध्ययनको सिलसिलामा काठमान्डौ बस्दै आएका संगिन गत भाद्र० गते जनैपुर्णिमाका दिन घरदेखि बेपत्ता भएपछि भदौ १७ गते स्वयम्भुको जंगलमा सरिर छेतबिच्छेद भईरहेको हत्या गरीएको अवस्थामा शवफेला परेको थियो । प्रहरी र प्रशासनले हालसम्म पनि सक्रिय अनुसन्धान गर्नु
र दोषी पत्ता लगाउनुको साटो गृहमन्त्रिले संसदमा संगिनको हत्या नभई आत्महत्या जस्तो देखिन आएको रिर्पाटले देखाएको भन्ने शव्द आएपछि परिवार तथा बागलुङबासिले राज्यले सत्य तथ्य बाहिर ल्याउन नसकि घटनालाई गुपचुप राख्नखोजेको भन्दै थप आक्रोसित बनेका छन् ।

आक्रोसित बजार बासिको सक्रियतामा आज बुर्तिबाङ बजारमा बृहत ¥यालि सहित टाउकोमा कालो पट्टि बांढेर जुलुस निकालेका थिए
् । “ हत्यारालाई फांसि दे, हत्या हिंसा बन्दगर, घुस्याहा गृहमन्त्रि मूर्दावाद, निकम्मा सरकार मूर्दावाद, असफल सरकार कुर्चि
छोड, संगिन जिसीलाई न्याय दे, शान्ति सुरक्षा कायम गर लगाएतका व्ले कार्डभिरेर नारा जुलुस सहित बजार परिक्रम गरीएको हो ।

गुञ्ज भण्डारी, बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्षमु पौवि, धनबहादुर कुवंर, हरीबहादुर कुवंर, दलबहादुर भण्डारीले बोल्दै चांडो भन्दा चांडो हत्यारालाई सार्वजनिक गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung