५ कार्तिक २०८३, बुधबार

 

यसकारण कम्युनिस्ट सरकार पाँच बर्ष नपुग्दै ढल्छ

धनगढी, कार्तिक १९ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले कम्युनिस्टको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बलायरले यस्तो बताएका हुन् ।

उनले दुई तिहाइको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । उनले नेकपाका जनप्रतिनिधी भष्ट्राचारबाट मुक्त हुन नसकेको बताए । उनले भने, ‘नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भष्ट्राचार भैरहेको छ ।

’

नेता बलायरले निर्मला पन्तका हत्यारा नेकपाका कार्यकर्ता भएकाले न कारवाही हुन नसकेको आरोप लगाए । उनले भने, ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आशय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएकोसमेत नेता बलायरले आरोप लगाए ।

उनले भने, ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुटेको छ ।’ पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका बलायरले देशमा कम्युनिष्टको सरकार आएपछि देश महंगीमा डुबेको आरोप लगाए

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung