६ कार्तिक २०८३, बिहीबार

 

फेरि जुट्दै राप्रपा, तिहारलगत्तै पार्टी एकता गर्ने सहमति

पटकपटक फुट्दै र जुट्दै आएको राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक पार्टीबीच फेरि एकता हुने भएको छ।

मंगलबार बिहान राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच भएको भेटवार्तामा पार्टी एकता गर्ने सहमति भएको हो।

महाराजगन्जस्थित राणा निवासमा दुई अध्यक्षबीच करिब एक घण्टा भएको छलफलमा पार्टी एकता गर्ने सहमति भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। नेपालखबरसँग उनले भने, ‘अब हामी तिहारलगत्तै पार्टी एकता गर्छाैं ।’

देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूबीच एकता र सहकार्य गर्ने नीतिअनुसार पार्टी एकता गर्न लागिएको राप्रपाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung