२७ भाद्र २०८३, शनिबार

 

सोरठी संरक्षणमा स्थानीयको अभियान

बागलुङको बडिगाड गाउँपालिका–१ दगातुन्डाँडाका स्थानीय सोरठी नाच संरक्षणमा जुटेका छन । गाउँको लोपोन्मुख संस्कृति जोगाएर युवा पुस्तासम्म पु¥याउन बुढापाका देखि नय“ा पुस्ता सक्रिय भएर लागेका छन ।  सोरठी मगर र गुरुङ समुदायमा गाउने र नाच्ने परम्परा रहेको छ  । आफुले नाच्ने र गाउने गित नयाँ पुस्तालाई सिकाउन अभियान नै थालेर लागेको स्थानीय ७६ बर्षिय दुर्गाबहादुर भुजेलले बताउनुभयो ।

अहिले परम्परागत संस्कृति जोगाउने अभियानमा यह“ाका बुढापाका देखि युवाहरु लागेका छन । रोधी बस्दा आफ्नै संस्कारमा रमाउन सोरठी नाच परापुर्वकाल देखी नाचिने आएको छ,भुजेलले भन्नुभयो, अहिले किशोर किशोरी देखि युवा पुस्ता र केही पाका व्यक्तिहरु पनि नाच्ने र गाउँने गर्दछन । ६० वर्ष देखि निरन्तर रुपमा  आफ्नो कला संस्कृतिको संरक्षणकर्ताको रूपमा भुजेल लाग्नुभएको छ । सोरठी, सालैजो, झ्याउरे र लोक दोहोरीमा अब्बल भुजेल गाउँका हरेक कला संस्कृतिको संरक्षणमा लाग्नु भएको छ ।  नय“ा पुस्ताहरुलाई  सोरठी नाच्न सिकाउदै आएको उहाको भनाई छ ।

स्थानीय सोरठी नाच संरक्षण गर्न र युवा पुस्तालाई समेटनका लागी गाउँपालिका स्तरीय कला संस्कृति संरक्षण मञ्च समेत गठन गरिएको छ । २२ जना संगठित भएर दोहोरीगित, सोरठी, सालैजो र अन्य परम्परागत संस्कृतिलाई जगेर्ना गर्न लागिएको मञ्चका संयोजक निमबहादुर भुजेलले बताउनुभयो । अहिले युवाहरु पनि चाडपर्व मेलापात र उत्सवहरुमा उक्त नाच देखाउने गर्दछन ।

सोरठी संरक्षणमा सहज होस भन्ने उद्देश्यले मञ्चले दुर्गाबहादुर भुजेलकै स्वरमा सोरठी गित रेर्कड पनि गरेको छ । हामीलाई चन्दा र दान चाहिँदैन, संस्कृति संरक्षण गर्ने मात्र उदेश्य छ, संयोजक निमबहादुरले भन्नुभयो, सरकारी स्तरबाटै केही सहयोग भए हामीले यसलाई थप व्यवस्थित गर्ने सोच छ । संरक्षण मञ्चले आफ्नै प्रकारको पोषाकको व्यवस्थापन गरेको छ ।

सोरठीका नाच्नका महिला, पुरुष गरि ५ जना देखि कम्तीमा १२ जनाको समुह आवश्यक पर्दछ । लोक साहित्यको कथावस्तु, कुलदेवताको आराधना र कुनै काव्यकृतिले उठान गरेका विषय पहिल्याएर सोरठीमा नाच्ने गरिन्छ । सोरठी नाच बागलुङको काँडेबास, मल्म, तारखोला, पाण्डवखानी लगायतका क्षेत्रका नाच्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung