५ कार्तिक २०८३, बुधबार

 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारीको मन्त्री पद खोसियो

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारी बर्खास्तमा परेका छन्।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो। उनलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्तिको तायारी समेत थालिसकिएको स्रोतले जनाएको छ। मन्त्री सोडारीलाई हटाउनुको कारण भने केही पनि खुलाइएको छैन।

यसबारे प्रदेश सरकारले ४ बजे औपचारिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओली नेपालखबरलाई बताए।

सोडारीको ठाउँमा कृष्णराज सुवेदीलाई नयाँ मन्त्री बनाउन लागिएको बताइएको छ। उनले आजै ४ बजे सामाजिक विकास मन्त्रीको शपथ लिने गरी तयारी अगाडि बढाइएको स्रोतले जनाएको छ।

सोडारी माधव नेपाल लाईनका भएका कारण उनलाई पहिले नै हटाउन खोजिएको र नेता भीम रावलले उनलाई संरक्षण गरेको स्रोतले बताए।

सोडारीमाथि प्रहरी प्रशासनमा हस्तक्षेप गरेको, कार्यसम्पादन राम्रोसँग गर्न नसकेको र भ्रष्टचार गरेको आरोप यसअघि नै लगाइएको थियो।

सोडारी प्रदेश सरकारबाट बर्खास्तमा पर्ने दोस्रो मन्त्री बनेका छन्। यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung