५ कार्तिक २०८३, बुधबार

 

मन्त्रीबाट हटाइएका सोडारीको यस्तो छ कांग्रेस प्रवेशको तयारी !

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट हटाइएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद समेत रहेका दीर्घ सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइएपछि बिचल्लीमा परेका छन् ।

सामाजिक विकास मन्त्रीबाट उनलाई पर्याप्त कारण समेत नखुलाएर हुत्याएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार मंगलबार साझको बैठकले उनलाई कारबाही गरेको हो । तर, कारबाही गर्नुका पछाडी भने गाडी दुर्घटना प्रकरण मात्रै नभएर प्रदेश इन्चार्ज नेता भीम रावल र मुख्यमन्त्री त्रिलोचन भट्टको विरुद्धमा उनी खरो रुपमा उत्रिएका कारण हो भन्दै उनी निकट स्रोतले नेपालपानालाई जानकारी दियो ।

प्रदेश पदाधिकारी बैठकले सोडारीलाई अनिश्चितकालसम्म पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारबाही गर्ने निर्णय गरेपछि सोडारीको प्रदेश सांसदको पद खारेज हुने पक्का छ । सोडारी अब घर न घाटको हुन पुगेको टिप्पणी हुन थालेको छ ।

सोडारीलाई कारबाही गर्ने बैठकमा नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका भीम रावलको पनि उपस्थिति रहेको थियो । रावलकै अध्यक्षतामा बैठक बसेको थियो । नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट समेत बैठकमा उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung