५ कार्तिक २०८३, बुधबार

 

नेकपाकै नेता सापकोटाले भने- गति शून्य हुँदा सरकार असफलता तिर उन्मुख देखिन्छ !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले सरकारको गति शून्य भएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उपत्यकामा आज (आइतबार) आयोजित एक कार्यक्रममा बोल्दै नेता सापकोटाले सरकारले जनअपेक्षा अनुसार काम गर्न असफल रहेको ठोकुवा गरेका छन् । उनले बलियो सरकारले जन अपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको स्पष्ट पारेका हुन् ।

दुई तिहाईको बलियो सरकारले भ्रष्टाचार, महिला हिंसा, दण्डहिनता लगायतका कामहरु गर्न नसक्दा सरकारको सर्वत्र आलोचना सुरु भएको भन्दै उनले यस्तै स्थितिमा रहे जनताले कठोर सजाय दिने समेत जनाएका छन् ।

नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समिक्षा गर्ने जानकारी दिए । पार्टीको संगठन एकीकरणसम्बन्धि विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाई थियो । नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung