११ कार्तिक २०८३, मंगलवार

 

धौलागिरी टेलिभिजनले पोखरामा क्षेत्रीय कार्यालय राख्ने

पर्वत । धौलागिरी टेलिभिजनले यसै आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रिय कार्यलय स्थापना गर्ने भएको छ । धौलागिरी टेलिभिजन प्रा.लि. बागलुङको पाँचौ बार्षीक साधारणले पोखरामा क्षेत्रिय कार्यलय स्थापना गर्ने निर्णण पारित गरेको हो ।

टेलिभिजनलाई प्रदेशकै प्रभावकारी र शसक्तm सञ्चार माध्यमका रुपमा बिस्तार गर्ने योजनाका साथ अगाडि बढेको टेलिभिजन प्रा.लि.का अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

टेलिभिजनबाट प्रसारण हुने सञ्चार सामाग्रीलाई समृद्धिको अभियानसँग जोड्नका लागि साधारणसभाले प्रदेश सरकार र स्थानिय तहसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

संस्थाले सस्थामा कार्यरत जनशतिmको क्षमता अभिबृद्धि साथै थप जनशत्तिका साथ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

साधारण सभाले सँस्थाका सचिव रामबहादुर जिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधरण सभामा संस्थाका लेखा समितिका सदस्य तथा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, सल्लाहकार कमल श्रेष्ठ , नवराज पौडेल,लेखा समीती सँयोजक सिद्धार्थ मिलन श्रेष्ठ, सञ्चालक मनोज कुमार श्रेष्ठ,प्रकाश पौडेल, लेखा सदस्य केशव प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी टेलिभिजन प्रां लि अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung