२२ भाद्र २०८३, सोमबार

 

बिरालो भन्दै सिंहको डमरु कारमा लिएर हिड्ने प्रहरी खोरमा

यूरोपेली मूलुक फ्रान्समा बिरालो भन्दै सिंहको डमरु कारमा लिएर हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महंगो ल्यामबोर्घिनी कारमा नाम नखुलाइएका ३३ वर्षिया व्यक्तिले बिरालोजस्तै देखिने महिला डमरु लिएर हिडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेका थिए।

साढे २ महिनाको उक्त डमरुसँग ती व्यक्तिले फोटो खिचिरहेका थिए। प्रहरीले शंकास्पद मान्दै छानविन गरेपछि उक्त बिरालो डमरु भएको खुलासा भएको हो।

उक्त डमरुलाई यतिबेला वन्यजन्तु संरक्षण केन्द्रमा राखिएको छ। उक्त व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung