५ कार्तिक २०८३, बुधबार

 

आमाभन्दा छोराछोरीको नागरिकता पहिले

काठमाडौं ८ मंसिर ।  कान्जोस्योम गाउँपालिकाको कार्यालयमा मानिसको चहलपहल बढ्दै छ। गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय, ललितपुरले नागरिकता शिविर सञ्चालन गरेको छ। त्यही शिविरमा नागरिकता बनाउन आएकी छन्— ६२ वर्षीया तार्जीमाया तामाङ। तर तामाङले यो उमेरमा नागरिकता बनाउन आए पनि उनका छोराहरूले भने यसअघि नै लिइसकेका छन्।

तामाङले बिहीबार कान्छी छोरी शान्तिसँगै नागरिकता लिएको कोन्जोस्योम गाउँपालिकाका–५ नम्बर वडाध्यक्ष तथा प्रवक्ता सुवीन्द्र तामाङले जानकारी दिए। ‘१३ जना छोराछोरी पाएँ, चार जना मरे’, ६२ बर्से तामाङले भनिन्। नेपाली भाषामा राम्ररी कुरा गर्न नजान्ने उनले नागरिकता नबन्नुको दोष भने श्रीमान्लाई दिइन्। श्रीमान्ले नै बनाउन नदिएका कारण आफूले यो उमेरसम्म नागरिकता नपाएको उनको गुनासो छ। उनका श्रीमान्को ७ महिनाअघि मृत्यु भएको छ।

जिल्ला सदरमुकामबाट ३० किलोमिटर दूरीमा रहेको कोन्जोस्योम गाउँपालिकाका मानिसले नागरिकता बनाउनु सगरमाथा चढे जस्तै कठिन ठान्ने गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए। भौगोलिक विकटता, चेतनाको अभाव, आर्थिक समस्यालगायत कारणले यहाँका जनताले नागरिकता बनाउन नचाहेको उनको भनाइ छ। ‘नागरिकता नभए पनि जिन्दगी चलेकै छ भन्छन्’, उनले भने। नागरिकता नहुँदा तामाङले एकल महिला भएर पनि सरकारले दिने भत्ता पाउन सकेकी थिइनन्। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung