१ जेष्ठ २०८१, मंगलवार

 

सपना चौधरीको गीतमा नाच्दा नाच्दै १२ वर्षीया युवतीको मृत्यु !

एजेन्सी, १२ मंसिर । मुम्बईको कांदीवलीमा आयोजित एक डान्स कम्पिटिशनमा स्टेजमा नाच्दा नाच्दै १२ वर्षीया एक युवतीको मृत्यु भएको छ । ती युवतीले सपना चौधरीको गीतमा पर्फमेन्स दिइरहेकी थिइन् । तर उनी नाच्दा नाच्दै हर्टअट्याक भयो ।

गत नोभेम्बर २३ तारिखका दिन देखि कान्दीवली पश्चिमको लालजी पाडामा ‘सीएम चषक’ कार्यक्रम भइरहेको छ, जहाँ डान्स कार्यक्रम राखिएको थियो । यसै अवसरमा १२ वर्षीया अनिशा शर्माले स्टेजमा डान्स गरिरहेकी थिइन् । अनिशाले डान्स सुरु गरेकी केही सेकेण्डमै उनी स्टेजमा लडिन् ।

त्यसपछि अनिशालाई हतार हतार अस्पताल लगिएको थियो, तर अस्पताल पु¥याएर दुई डाक्टरहरुले चेकजाँच गर्नेक्रममा अनिशाको मृत्युको घोषणा गरे । प्रहरीले जानकारी गराए अनुसार मृतक अनिशा शर्मा कान्दीवाली पश्चिमकी स्थानीय बासिन्दा हुन् । उनी पढाईसँगै डान्समा पनि अब्बल थिइन् । अनिशाले कक्षा सातमा पढ्दै थिइन् ।

यसैसँग मिल्ने अर्को घटना पनि सार्वजनिक भएको छ । जहाँ दाई उज्वल र बहिनी कनन फिल्म ‘दिलवाले दुल्हनिया ले जायङ्गे’को गीत ‘तुझे देखा तो ये जाना सनम…’ गीतमा डान्स गरिरहेका थिए । सोही समयमा दाई उज्वललाई हर्टअट्याक भएर स्टेजमै लडेका थिए । उनको पनि सोही हर्टअट्याककै कारण मृत्यु भएको थियो ।

उज्वल र उनकी बहिनी कननले आफ्नो मामा सिल्वर जुबली म्यारिज एनिभर्सरीको प्रोग्राममा झाँसीको बुंदेलखंड प्राइड होटलमा डान्स गरिरहेका थिए ।

यसका साथै गत अप्रिलमा मुम्बईका एक स्थानीय विष्णु चन्द्र दुधनाथ पाण्डेयको पनि डान्स गर्दा गर्दै स्टेजमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्