१ जेष्ठ २०८१, मंगलवार

 

रुस–युक्रेन विवादः ट्रम्पद्वारा पुटिनसँगको भेट रद्द

युक्रेन र रुसबीच भएको विवादपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन् ।

आइतबार क्राइमिया प्रायद्वीपमा रुसी सैनिकले युक्रेन नौसेनाको जहाजमा फायरिङ गर्दै कब्जामा लिएको थियो ।

ट्रम्पले आफू आउँदो जी–२० सम्मेलनमा पुटिनसँग नभेट्ने बताएका छन् । उनले भने, ‘जहाज र त्यसका नाविकलाई अहिलेसम्म फिर्ता नपठाएकाले भ्रमण रद्द भएको हो ।’

यस्तै, जर्मन चान्सलर एंगेला मार्केलले यसका लागि पूर्ण रुपमा रुसलाई जिम्मेवार बताएकी छिन् ।

उनका अनुसार उनले यो मुद्दाबारे जी–२० सम्मेलनमा राष्ट्रपति पुटिन समक्ष पेश गर्नेछिन् । जी–२० सम्मेलन शुक्रबारदेखि अर्जेन्टिनामा सुरु हुँदैछ ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकोले उक्त इलाकामा जहाज पठाउनका लागि नाटोसँग अनुरोध गरिसकेका छन् । यो संकटका कारण उनले युक्रेनको सीमा क्षेत्रमा ३० दिनका लागि सैनिक कानून लागू गरेका छन् ।

बिहिबार उनले युक्रेनमा बसिरहेका रुसीले बैंकबाट पैसा निकाल्न, विदेशी मुद्रा साट्न र विदेश यात्रामा प्रतिबन्धको सामाना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्