३१ बैशाख २०८१, सोमबार

 

हङकङमा स्कुल बस दुर्घटनाः दुईको मृत्यु, आठ घाइते

हङकङमा सोमबार स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। आठमध्ये पाँच जना अचेत छन्।

गत साता मात्र हङकङमा सुरुङमा काम गरिरहेका प्रकाश राईको ट्रकले किचेर मृत्यु भएको थियो।

सोमबार अपरान्ह हङकङको नर्थ प्वाइन्टस्थित किङ्स रोडको हे ओ स्ट्रिटमा स्कुल बस फुटपाथमा दुर्घटना भएको हो।

‘प्रारम्भिक अनुसन्धनले स्कुल बस फुटपाथमा चढेर दुई  जना किचेको र अन्य दश जनालाई घाइते तुल्याएको देखिएको छ’, हङकङ प्रहरी प्रवक्ताले भनेका छन्। संयोगले दुर्घटनाको समय बसमा यात्रु नरहेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा नर्थ प्वाइन्ट मेथोडिस्ट प्राइमरी स्कुल बाहिर बस रोकेर ड्राइभर झरेका मात्र के थिए, बस पछाडि सडकतिर ब्याक भएर गुड्न थालेको देखिन्छ। ड्राइभरले बस रोक्न खोजेपनि सफल भएनन्।

बस गुड्दै फुटपाथमा चढ्यो र पैदल यात्रुलाई गम्भिर ठक्कर दियो। प्रहरी प्रवक्ताका अनुसार आठ जना घाइते भएकामा पाँच जना (दुई जना पुरुष र तीन जना महिला) अचेत रहेका छन्।

उनीहरूलाई उपचारका लागि वानचाईको रोटन्जी र चाइवानको पामेला योदे नेदरसोल इस्टर्न अस्पताल लगिएको छ।

गत बिहिबार ड्रागेज हङकङ कम्पनी अन्र्तगत फैन्लिङको शाथाउकोकस्थित लिनताङको निर्माणाधिन सुरुङमा काम गरिरहेका प्रकाश राईको ट्रक ब्याक भएर ठक्कर दिँदा मृत्यु भएको थियो।

यसरी एक साताभित्रै हङकङमा उस्तै प्रकृतिका दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्