१ जेष्ठ २०८१, मंगलवार

 

हुवावे उपप्रमुख पक्राउबारे चीन भन्छ- अमेरिकी उक्साहटमा क्यानडाको गलत कदम

काठमाडाैं । चिनियाँ मोबाइल कम्पनी हुवावे उपप्रमुख मेङ वाङचुलाई क्यानडाले अमेरिकी उक्साहटमा पक्राउ गरेपछि चीन क्रुद्ध बनेको छ ।

विश्वमै लोकप्रिय मोबाइल ब्राण्ड हुवावे उपप्रमुखलाई किन कसरी पक्राउ गरियो भन्ने स्पष्ठ कारण नखुलाएर प्रजातन्त्रको हवाला दिने मुलुकले गिरफ्तार गर्नु मानव अधिकारको गम्भीर उल्लङघन गर्नु हो । चिनियाँ सरकारले भनेको छ । चीन सरकारले मेङलाई यथाशक्य चाँडो रिहाइ गर्नु पर्ने भन्दै क्यानडा सरकारलाई चुनाैति समेत दिएको छ ।

क्यानडा सरकारले मेङ पक्राउ पर्नुको पछाडि क्यानडेली सरकारको कुनै संलग्नता नरहेको जनाएपछि रहस्यमयी बन्दै गएको यो प्रकरणले नयाँ मोड लिएको छ । उनलाई अमेरिकामा पठाउने प्रक्रिया चलिरहेको बीबीसीले जनाएको छ । मेङ यही डिसेम्बर १ तारिखमै पक्राउ परेकी थिइन् । तर, यो कुरा अहिले मात्र सार्वजनिक भएको छ ।

अमेरिकाले हुवावेमाथि इरानविरुद्ध लगाइएको प्रतिवन्ध उल्लंघनबारे अनुसन्धान गर्दै आएको थियो । जसमा हुवावेले यसबारे गम्भीर सुचना चोर्ने गरेको आरोप अमेरिकाको छ भने चीनले यसको कडा प्रतिवाद गरेको छ । अमेरिका-चीन व्यापार युद्ध चलिरहेका बेला यसरी चिनियाँ अधिकारी पक्राउ पर्नुले अर्थपूर्ण महत्वब राख्ने समेत विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्