१ जेष्ठ २०८१, मंगलवार

 

भारतीय चुनावको प्रारम्भिक नतिजा : कंग्रेस ठूलो मतान्तरले अगाडि,बीजेपीलाई झट्का

भारतीय जनता पार्टी (बीजेपी) आफू सत्तामा रहेको तीन प्रदेशमा विपक्षी कंग्रेसभन्दा पछाडि परेको छ।भारतको विधान सभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले अग्रता कायम गरिरहेको छ।

संवाददाताहरू भन्छन् अहिलेको पराजय अनपेक्षित थिएन , यो बीजेपीलगायतका सत्तारुढ दलहरूको लागि अस्थायी संकट मात्र हो र यसबाट बीजेपी आत्तिइहाल्नु पर्ने अवस्था छैन।

भारतको सन् २०१९ को सुरुतिर देशव्यापी रूपमा नयाँ संसदीय चुनाव हुने कार्यक्रम छ।दक्षिणी राज्य तेलङ्गना र उत्तरपूर्वी राज्य मिजोरममा पनि अहिले जारी विधान सभा चुनावको परिणामहरू सार्वजनिक हुन लागेको छ।

ती राज्यमा तेलङ्गना राज्य समिति र मिजो न्याशनल फ्रन्ट जस्ता क्षेत्रीय दलहरूले अग्रस्थानमा रहेका छन्।उत्तरी राज्य राजस्थानमा कंग्रेसले जित्ने अपेक्षा गरिएको छ।

मध्य भागमा पर्ने मध्य प्रदेशमा कंग्रेस र बीजेपीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।छत्तीसगढको प्रारम्भिक नतिजा अनुसार कंग्रेस ठूलो मतान्तरले अगाडि छ। त्यसले धेरैलाई चकित तुल्याइदिएको छ।बिबिसी

प्रतिक्रिया दिनुहोस्