२६ भाद्र २०८३, शुक्रबार

 

नेपाली सेनाले गर्यो रुद्धताल सरसफाई

जिल्लाको ढोरपाटन नगरपालिका ९ मा रहेको प्रर्यटकीय स्थल रुद्धतालक्षेत्रमा सरसफाई सँगै रुद्धावती मन्दिरमा रँगरोगन गरिएको छ । ढोरपाटन सिकार आरक्ष सम्रक्षनार्थ रहेको नेपाली शेनाको हुनमान ध्वज गुल्म ढोरपाटनले ताल आसपासको क्षेत्रमा भएको फोहोर  वस्थापन गर्नुका साथै ताल नजिकै गत बर्ष नेपाली शेनाकै सक्रियतामा बनाईएको रुद्धावती मन्दिर तथा सिव लिंगमा रंगरोगन गरिएको हो ।

गुल्मका गुल्मपती शनेनी रविलाल खड्काको नेतृत्वमा गएको शेनाको टोली, ढोरपाटन ज्वती विकास आधारभुत विद्यालयका शिक्षक विद्यार्थी, स्थानीय आमा समुह लगाएको रहोबरमा सरसफाई गरीएको हो । रुद्धताल धार्मिक तथा प्राकृर्तिक
हिसावले परिचित क्षेत्रको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung