१० कार्तिक २०८३, सोमबार

 

नियात्रा-हवाइजहाजको यात्रा, नेपालीबाध्यता

– प्रकाश थापा

जीवनमा हरेकका अनेक रंगिन सपनाहरु हुन्छन् ।ती सपनाहरु साकारपार्ने अनेकौं जुक्ति र गोरेटाहरुहुन्छन् । नेपालीकाती रंगिन सपनाहरु सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्राहो । जहाजीयात्राले मात्रहाम्राआर्थिक, सामाजिक, शैक्षिकलगायतका उद्देश्यहरुपूरा हुन्छन् भन्ने हाम्रो दुई सय वर्षपहिलेदेखिको मानसिकताहो। यो मानसिकताले अहिले पनि हरेक नेपालीको मनमस्तिष्कमा सुन्दर घर बनाएको छ ।सुन्दर सपना सजाउनविदेशिने नेपालीकाआआफ्नै कथा र व्यथाहरुपनि छन् । अनेकौं चाहनाबोकेर दैनिक अठार सय नेपालीपरदेशी बन्दछन् । सुनौलासपना पूरा गर्ने उद्देश्य लिएर हिड्दै गर्दा म पनिकुनै दिनहवाइजहाजकोयात्रु बन्नपुगेँ ।

कथासेप्टेम्बरतीन, २०१८ को हो । सेप्टेम्बर तीनगते रातिदुई बजे मेरो शैक्षिकउपलब्धिको हजार माइलभन्दालामो रंगिन यात्राथियो । त्रिभुवनअन्तराष्ट्रियविमानस्थल काठमाडौंदेखि भेनिस मार्को पोलो विमानस्थलइटालीसम्म मेरोगन्तव्य स्थल रहेकोथियो । जीवनमापहिलो पटक युरोपको यात्रागर्न पाएकोमात म फुरुङ्ग भएँ तर एयरपोर्ट पुग्दाभने म झसङ्ग थिएँ । एयरपोर्टको लामो लाइन,लगेजको इन्ट्रीपछि इमिग्रेसन पुग्ने सिंढी चढ्नु अघिको बाईलेमेरा जस्तै हरेककाआँखा रसिला देखिन्थे । मन कुडाएरइमिग्रेसन चेकिंगपार गर्नेहरुकोताँतीनै थियो।त्यहीताँतीमा मपनि पंक्तिबद्ध थिएँ ।अर्कातर्फ जहाजमाबाइबाइगर्न आएकाआफन्तजनहरु पनिमलिनअनुहारमाबाइबाइगर्दै थिए ।

हवाइजहाज चढ्नु एक घण्टाअघिको पर्खाइमासबैका आँखाबाट बर्बर आँसु झरी रहेका थिए । यहीसमयमामैले आप्mनाबाबुआमा, घरपरिवार र छरछिमेकीलाई सम्झें ।सपना सजाउन परदेशिनेहरुकाती बुढा बाबुआमा, श्रीमतीअनिकलिलाबालबच्चाहरु परदेशीलाई सम्झीकतिरुँदाहुन् ?कहिलेसम्म यो लामो लस्कर परदेशीभूमिमाभक्कानिदै पुग्ने होलान् । स्कुल पढ्दा अखबारका पानामाकतै पढेकोथिएँ“विगतमाहाम्रो जस्तै कोरिया, फिलिपिन्सलेविकासको कति धेरै फड्को मारिसके अरे” ।समयको गतिले हामीलाई मात्रकिनकत्तिनचिनेको होला । हाम्रोे यो जहाजीयात्राको जात्रालेकहिलेसम्मनिरन्तरतापाइरहने होला?इतिहासको त्यो सुगौली सन्धिपछि बलभद्र कुवँरको लाहोरको लाहुरे यात्राथालनीपश्चात् आजकादिनसम्मपरदेशयात्राको गतिझन् बढ्दो क्रममाछ । राजनैतिकखिचातानी, बाह्य हस्तक्षेप र राजनीतिकसंक्रमणकालको अन्त्यविगतदेखि वर्तमानसम्मपनिकिननभएको होला?यीयात्रुको विदेशिनु पर्ने रहर मात्रनभएर बाध्यतापनिहोलान ।  यिनै विषयमा सोंचेर म जहाजको प्रतीक्षामाथिएँ।

मनमा अनेक कुरा खेलाइ बस्दै गर्दा छेउमा रहेका एक चिटिक्क परेकाअर्ध बँैसे पुरुषउभिएर कोहीसँगकुरा गर्दैथिए । अनेक सोच्दै बसेको म, दोहाकतारको ट्रान्जिटबाट भेनिस भनेको सुन्दाबित्तिकै हौसिएर उनीसँगकुरा गर्न पुगेछु । चिनाजानीगर्दा थाहाभयो उनीभारतबाट विद्यावारिधिगर्ने नेपालको एक विश्वविद्यालयकाप्राध्यापकरहेछन् । उनीभिजिटिंग प्रोफेसरका रुपमा इटालीको पादोभाविश्वविद्यालयमाजाँदै रहेछन् ।विदेशीभूमिमा ज्ञान बाढ्न जानलागेको कुरा सुन्दाम आफैमाछक्क थिएँ । अधिकांशको मानसपटलमा नेपालीहरुविदेशमाथ्रि डि (डर्टी, डेन्जर र डिफिकल्ट) मात्रकाम गर्छन्भन्ने सोचकालागिउनीएक भिन्नव्यक्तिथिए।

बिहानको दुईबज्नै लाग्दा, जहाज चढ्नेको लामो लस्कर लाग्यो । उनीसँगै खासखुसगर्दै म पनिलाइनमाथिएँ। कतार हुँदै भेनिससम्म म उनैसँगै जाने भएँ ।हाम्रो सिटपूर्व रपश्चिमझै टाढा रहेछ । पहिलो चोटि हवाइजाहाज चढेको म, एयर होस्टेसको सहायताले २७नम्बरको सिटमा बँसे । छेउमा पोल्याण्ड जाने म्याग्दीतिरका अर्धबैँसे पुरुषहरु रहेछन् ।उनकाग्रुपकापाँचजनाहाम्रो पछाडिको सिटमा बसेका । सबै उतै तिरैका । अहिले पोल्याण्डको खुबभिसालागेको छ भन्दै बेलाबखतखासखुशगर्दै थिए । दलाललाई १२ लाखतिरेर युरोपको यात्रा तय गरेका रे । एग्रोफर्ममामासिक एकलाखजतिदिने सर्त छ भन्दै थिए ।संयोगहोला, कतारसम्मत हवाईजहाजमासबै नेपालीहरुमात्रपो रहेछन् । कस्तो एक जनाविदेशीपनिनभएका । यसले दैनिक १८ सय नेपालीविदेसिन्छन् भन्ने कथनलाई पुष्टी गरिरहेको थियो ।

हवाईजहाजमा बसेको एकछिनमैजहाज घरघर आवाजनिकाल्दै दुगुर्न थाल्यो । जतिजहाजदुगुथ्र्यो घरदेशको सम्झनाले मेरो मन फुलेर आउँथ्यो । केहीबेरमा“बाइ नेपाल”भन्दै सबै चिच्याए । म पनित्यही स्वरमारुन्चे स्वर मिलाएँ । जहाजले जमिन छोडीआकास छोएको थियो । आकासबाट झलमलकाठमाडौँ उपत्यकाचिहाएँ । कतिधपक्कै बलेको मेरो देश,राजधानी यो रात्रिकालीन समयमा ।

जहाजजतिजतिमाथिउड्थ्यो,उतिमातृभूमिको याद बढ्थ्यो ।गाउँ घरका डाँडापाखाखोलापारीकोपालेवनको सम्झनाले सताउँथ्यो । साथीसङ्गीसँगबर्खे झरी रहिउँदको मेलापात गरेको झझल्कोले झस्काउँथ्यो ।पारिवारिक यादले क्षणक्षणमा सताउँथ्यो । खोई, मलाई मात्रहो किअरुलाई पनिगाउँघर, डाँडापाखा,मेलापात,पालेवन, न्याउली र कोइलीको स्वरको सम्झनाले सतायो होला ।

सिट अगाडिको सुइले जहाजको दिशा देखाइ राखेको थियो । बीचबीचमा एयर होस्टेसले खाने कुराकालिनकालागिअर्डर लान्थे र ल्याउँथे पनि । कतारसम्मआएका केही नेपालीले त बेहालनैहुने गरी पिउने रहेछन् । होस्टेस पनि ड्रिंस ल्याउँदाल्याउँदावाक्क ।मुखले नबोले पनितीएयर होस्टेसको पिएर मात्नेसँगको रिस प्रस्ट देखिन्थ्यो । म भने पहिलो पटकको यात्रामा एक प्याकपनि के लगाउनु, उही गाउँघरको सम्झनाले सताइराखेको थियो । घरपरिवार, साथीभाई र आफन्तबाट टाढा हुँदा केपो खान र पिउन मन लाग्नु र ।

करिव पाँच घण्टाको उडानमा कतारको हमादअन्तराष्ट्रिय विमानस्थलदोहादेखियो ।कतारको हमादअन्तराष्ट्रिय विमानस्थलकतिविशाल रहेछ । म लगेज र ह्यान्ड क्यारी लतार्दै भेनिस लाग्ने प्लेनखोज्दै लाँगे ।१५मिनेट लगाएर खोजेपछि भेनिसजाने जहाजकोे स्थान भेटँे । घरतिरम कतारसम्मपुगेको थाहापाउनभनेर फेसबुकमाहमाद इन्टरनेशनल एयरपोर्टकतार भनीचेकइन गरें । करिब चार घण्टाको ट्रान्जिट बस्नु पर्ने थियो । यत्तिकैमाअघिकासँगैजाने प्राध्यापकआइपुगे । काठमाडौँबाट सँगै उडेको र भेनिससम्मसँगैजाने भएकाले उनीपनि मेरो खोजीमालागेका रहेछन् ।चार घण्टाकोट्रान्जिट कटाउन पनि धेरै मुस्किलहुने थियो ।धन्नउनी भेटेर समयगएको पत्तो नै भएन ।

मलाई भने कतारको हमाद एयरपोर्टमाजता हे¥योत्यही नेपालीदाजुभाई देखे जस्तै लाग्यो । सँगैका प्राध्यापकलाई सोद्धा धेरै नै नेपाली रोजगारीकालागियहाँ रहेको भन्ने जानकारी पाइयो ।कतार तधेरै नै नेपालीहरुको रोजगार स्थल रहेछ । यहाँका हरेक क्षेत्रमाकामगर्नेहरुमा नेपाली नै बढी हुँदा रहेछन् । चाहे त्यो एयरपोर्ट रविविधकम्पनीदेखि रेष्टुरेन्ट नै किननहोस् ।प्राध्यापकको कुरा सुन्दादेश यिनै परदेशीकापसिना र खियाइएका हड्डीको करले चेलेको जस्तैलाग्यो । उता घरदेशमाभने यिनै पसिनाबाट छाएको विलाशीपन रभद्रगोलका समाचार सुनिन्छन् । परदेशीकापसिना र घरदेशको हालत सम्झेर आफैमाविरक्त लागेर आयो । सोह्र हजार जनताकाआत्माहरु रन्थनिएर छटपटाइरहेको आभाषभो । नेपालमाजन्मनु र जहाजीयात्राको बाध्यतालाई बुभ्mदै जाँदा दोष कसको ?जहाजीयात्रीको ?, राज्य संचालकको ?वाप्राकृति साधन र स्रोतको ?, स्रोत व्यवस्थापनको ? म कसैलाई केहीभन्न सकिन ।

साथमा रहेका प्राध्यापकले यी सब कुरा गरिरहँदाराजनीति र पलायनलाईसँगैजोडेर विश्लेषण गरे । मैले पनिआफैमाहाम्रो इतिहास घोत्तलिएर सोँचे । उहीलेको सुगौली सन्धिपश्चात् देश खुम्चियो, भाइभारदार बीच रक्ताम्यहुने गरी विभिन्न कोत पर्वहरु घटे, जंगे उदाए, राणाहरुकोअन्त्यभयो, प्रजातन्त्रको प्रादुर्भाव भयो, पंचायतबन्यो अनि ढल्यो, बहुदलीयव्यवस्थाआयो गयो र गणतन्त्र उठ्यो तर पनिलाहोर नगइगास बासको जोहो भएन। परदेशकाकुनाकाप्चामाहिजोदेखि आजसम्मवीर गोर्खाको रुपमा त विविध रोजगारीको भेषमा परिश्रमकापसिनाहरु समृद्धिकादानामा साटिन्छन् ।

अझै यिनै पसिनाबगाउनकहिलेसम्म नेपालीले अनेक हन्डर ठक्कर खान्छन् । पहिलो र दोस्रो विश्वयुद्धदेखि जम्मुकाश्मिरका युद्धमोर्चा र अहिले विदेशकाथ्रि डि.हरुमानेपालीकै पसिनापोखिएका छन् ।हरेक समयमाउही परदेशीव्यथा र गाथाअविरल कालीगंगाझैे बगिरहेछन् । खोई, बाजेहरुबाट चलेको यो नटुंगिने यात्राकतिन्जेल चल्ने हो, अझकति पुस्तामा यस्तै मानसिकतामा बस्ने हो ? यस्तै यस्तै विरहका लहडहरु मनमा खेलिरहे । प्राध्यापकले देशका समस्या र सम्भावनाहरु बताउँदै जान्थे, मेरो मनले विदेशलाई चाहिने श्रम, सीप र ज्ञान आप्mनै देशलाई किनआवश्यक छैन ?भन्ने प्रश्नको उत्तर खोजी रहन्थ्यो ।

कुरा कानीगर्दा गर्दै चार घण्टा बितेको पत्तो नै भएन । दोहाबाट भेनिस जाने प्लेनमा त हामीदुई नेपालीमात्र रहेछौँ । फेरिपनि फरक फरक सिटमा । घरबाट निस्किएपछि ननिदाएको म, यो फलाइटमा त मजैले निदाएछु । ब्युझिँदाआकासबाट सुन्दर समुन्द्रमाथिकोसहर भेनिस देखियो । गन्तव्य आएछ भन्ने लाग्यो । भेनिस वरिपरिको समुन्द्र देख्दाउहीधौलागिरी हिमालको कालीगंगामिसिएको जलहोलाभन्ने आभाषभयो । घरघरगर्नेप्लेनको आवाजआउँदाआउँदै भेनिसमार्कोपोलो विमानस्थल नै आइपुगेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung