३ जेष्ठ २०८१, बिहीबार

 

फुक्ला भाषणले मात्र देश संवृद्ध बन्दैन – सांसद सापकोटा

बागलुङ । काठेखोला गाउँपालिका ६ ले कृषि नीति तथा कृषि प्रोफाईल सार्बजनिक कार्यक्रम बिहुँ मा संपन्न गरेको छ ।  गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले कृषि क्रान्तिबाटै देश विकास संम्भव रहेकाले फुक्ला भाषण गरेर तेरो मेरो गर्ने दिन गएको बताउदै जहिले सम्म नेपाल सरकार र नेपालिहरु देशको माटो र कृषकहरुको महत्व बुझ्दैन त्यहिले सम्म देश विकाश हुन निक्कै कठिने हुने हुदा उर्वरभुमि र किसानहरुको सम्मान गर्नु पर्ने साथै कृषि उपजैले नै देश विकास को महत्व पुर्ण हिस्सा ओगटेको बताउदै किसानहरु र माटो सम्मान गर्न सक्नुपर्ने बताए ।


उनले भने जतिसुकै ठुलो र फाईवस्टार होट बस्ने होस या चिल्ला कार मा गुड्ने या प्लेनमै सरर उढ्ने किन नहुन आखिर पौरख गर्ने किसान र त्यहि माटो को योगदान बिना कस्ले केहि गर्न नसक्ने जिकिर गर्दै सिहंदरबार को अधिकार गाउं गाउं भन्ने जुन नारा हो त्यो आज लागु भएको बताउदै कृषि प्रोफाईल हो या आधुनिक कृषि औजार बितरण त्यस्को लागि ईच्या शक्ति भए सिंहदरबार धाउनुपर्ने बाध्यता अन्तय भएको यो वडा गरिएका जुन कृषि संबन्धि बिषय छन् ति सबै सहरानिय योग्य रहेकोले आगामी दिन मा यो कामले अझै निरन्तरता पाई राखोस् हाम्रो सहयोग जारी रहने समेत उनको भनाई थियो ।


सो अवसर मा प्रोफाईल तथा निति बारे जानकारी गराउदै वडा अध्यक्ष युक्तप्रसाद कडेंल ले वडा ६ का सबै भेगहरु कुन खेति कुन फलफुल रुन प्रजाति को लगाउने र कुन समय उपयुक्त हुने भन्ने संम्म यो प्रोफाईल भित्र समावेश गरिएकाले कृषक हरुलाई ढुक्क र निर्धक्क भएर कृषिकै माध्यम बाट यस वडा को आर्थिक विकास टेवा पुर्याउन आग्रह सेमत गरेका थिए। कडेंलले भने प्राबिधिकहरु ल्याएरै हरेका भुभाग को माटो परिक्षण संगै माटो उर्वरशक्तिका बिषय संमेत उक्त प्रोफाईलमा सामवेश गरिएको छ हाल सम्म यो वडा मा दुध, सुन्तला ,अम्बा ,लगाएत कुखुरा पालन बाख्रा पालन जस्ता हरेक कृषिजन्य बस्तुहरु बाट बार्षिक ३ करोड भन्दा बेसि आम्दानि भित्रिने गरेको संमेत उल्लेख गरिएको थियो।

सो कार्यक्रम गाउंपालिका अध्यक्ष अमर थापा सबिधान संभाका सदस्य नर बहादुर थापा कृषितथा बालि ग्यान केन्द्र पर्वत नारायण शर्मा गाउंकार्यपालिका सदस्य टिका संगम बि क काँठेखोला गाउंपालिका नासु मनोज काकीै पत्रकार महासंघ बाग्लुङका संल्लाहकार कोपिला कडेंलm नेपाली काँग्रेस वडा समितिका उपाध्यक्ष श्रीप्रसाद न्यौपाने, नेपाल कम्युनिष्ट समयन्त्र संयोजक मुक्तिराम कडेंल, राप्रापाको तर्फबाट डिलाराम कडेंल लगायतले शुभकामना मन्तबय राखेको कार्यक्रमको स्वागत वडा सदस्य लिलाधर ढुङ्गना रहेको थियो। वडा अध्यक्ष युक्तप्रसाद कडेंल को सभापत्तित्व सम्मपन्न कार्यक्रमको संचालन वडा सचिब लिला थापा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्