४ श्रावण २०८३, सोमबार

 

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा,काठमाडौं आसपासमा हिमपात

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ । गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ ।

नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो । वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । योसँगै चिसो पनि निकै बढेको छ । भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung