२३ असार २०८२, सोमबार

 

सक्षम राष्ट्र र आर्थिक समृद्वि

विनोद त्रिपाठी

आर्थिक सम्बृद्धि शब्द आँफैमा भरिपुर्ण छ । अर्थतन्त्रको बृद्धि गरी सवल र सक्षम राष्ट्रतिर लाग्नु नै आर्थिक समृद्धिको यात्रा हो । सन् १९३० को मन्दी र दोस्रो विश्वयुद्ध बाट क्षत बिक्षत भएका राष्ट्रहरुले गरेको प्रगती देख्दा हामी उही पुरानो ठाउँमानै छौं कि जस्तो हुन्छ । देशले राणाशासन, पञ्चायत, राजा हुँदै संविधान पाएको छ । अवको यात्रा भनेको सम्बृद्धि हो । सम्बृद्धि हुनको लागि सोचमा परिवर्तन गरी साधन र स्रोतको योजनाबद्ध तरिकाले परिचालन गर्न सकियो भने चाँडै नै अगाडि जान सकिन्छ । हामी पौराणिक मानसिकताबाट टाढै रहेर उत्पादन तथा प्रविधि विकासमा जोड दिनुपर्ने देखीन्छ । विश्व वजारलाई हेर्ने हो भने नयाँ नयाँ प्रविधिहरुको विकास गरी एक ठाउँको बस्तु उत्पादन गरी अर्को ठाउँको व्यापार गरेको छन् । विकसीत देशहरुले आफ्नो बस्तु विकास उन्मुख राष्ट्रमा निर्यात गरी नाफा कमाउँछन् । हामीलाई सधै परनिर्भर बनाईराख्न हामीलाई विलासिताका बस्तुहरुको उपभोग गर्न बानी पारी त्यही बस्तुको उपभोग गन्र्र बाध्य बनाउँछ र आफुले सस्तोमा उत्पादन गरी हमीलाई महगोमा बेच्छन र पर निर्भर बनाउँछन् ।

यहाँ के भन्न खोजीएको हो भने आर्थिक बृद्धिदर ६.७५ बाट ८ मा र २५ प्रतिशत भन्दा तल गरीवि घटाउने र देशलाई समृद्ध बनाउने, त्यसका लागी सरकार र सरोकारवालामा जोडिन्छ । किन भने सरकारले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दछ । त्यही बजेटको आधारमा राज्य चलिरहेको हुन्छ । योजना तथा परियोजनाहरुलाई दिगो तथा नयाँ नयाँ को खोजी गरी सम्पुर्णलाई रोजगारी तथा उत्पादन मुखी बनाउनमा जोडदिनु पर्छ । कृषि प्रदान देश धान तथा अन्य बस्तुहरु बिदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । त्यसैले गर्दा पनि हामी समृद्धिको यात्रा पुरा गर्न सकिरहेका छैनौं । राष्ट्रको विकास हुन पुर्वाधार र उत्पादनमा जोड हुन आउँछ, किसान प्रोत्साहन, खानी तथा उद्योग र औद्योगिक क्षेत्र बिस्तार र विद्युतीय तथा खोला नालाहरुमा योजनाबद्ध तरीकाले लाग्नु हो ।

आर्थिक पक्ष आँफै अगाडि जाँदैन् । त्यसका लागि सम्पुर्ण पक्ष बलियो हुनु जरुरी छ । घर परिवार समाज, संकृति आदि गैर पात्र हुन्छन र भौगोलिक बनावट पर्यावरण तथा पर्यटनको उच्च मुल्याङ्कन गरी स्वरोजगार उत्पादन गर्नु पर्दछ । ताकी उद्यमशिलता अगाडि बढ्छ र बिदेशीनबाट रोक्न सकिन्छ । आर्थिक यात्रा पुर्ण हुँदैन तर निरन्तरताको लागि श्रम, पुँजी, भुमी र संगठनलाई बलियो बनाउन सकियो भने राष्ट्र समृद्धि तिर जान्छ । जस्तो श्रमले आम्दानी दिन्छ, ज्याला प्राप्त गर्दछ, रोजगारी सिर्जना गर्दछ र उसको जिविकोपार्जन सजिलोसँग चल्दछ । पुँजीले लगानीको लागि प्रतिफल व्याज प्राप्त हुन्छ । पुँजी हुनेले बचत गरी बैंक तथा बित्तिय संस्थामा राखी व्याज प्राप्त गर्दछन् । त्यो अर्काको लगानी हुन्छ । अर्को भुमी भनेको जग्गा जमिन भौतीक सम्पत्ती, त्यसले लगानीको रुपमा आम्दानी प्राप्त गर्दछ ।

अर्को संगठन भनेको कम्पनी, फाराम, उद्योग धन्दा आदि यिनिहरुले लगानीबाट नाफा कमाउँछन् र त्यो प्रतिफल आँफुले प्राप्त गर्दछन् । यसरी नाफा बाँडफाँड गर्दछन् । त्यसैगरी अर्थतन्त्र चलिरहेको हुन्छ यसलाई दिगोपना दिन सकियो भने देशको अर्थतन्त्र बलियो हुन्छ । सु–सासन र पारदर्शी हुन सकेमा चाँडैनै समृद्धि हुन जान्छ । आजको आम मानिसको ध्यान भनेको युवा शक्ति पलायन भयो भन्ने छ । उच्च शिक्षा हाँसील गर्न बिदेश जाने तर उतै बस्ने प्रबृत्तिले गर्दा राष्ट्र पछाडी परेको हो । सम्पुर्ण पैसा बिदेश पलायन भएको हुँदा राष्ट्रलाई क्षति भैरहेको छ । उच्च शिक्षा हाँसील गरी आफ्नो ज्ञान र शिक्षालाई स्वदेशमा फर्काउन राज्य लाग्नु पर्ने देखीन्छ । फर्काउने योजनाका साथ निति निर्माणमा लाग्यो भने अवको ५ बर्षमै देशले कोल्टो फेर्ने थियो की ? अर्को पक्ष राजनीतिक स्थिरता तथा अनुसासन पद्धती हुन जरुरी छ ।

त्यसका लागि तेरो मेरो नभनी हाम्रो भन्ने भावना आउनु पर्दछ र स्वच्छ तथा नेतृत्वदायी भुमीका खेल्नुपर्ने हुन्छ । तव मात्रै अगाडि जान सकिन्छ । हामी सँगैका राष्ट्रहरुलाई हेरौं त । जापानलाई दोस्रो विश्वयुद्धमा क्षद बिच्छेद बनाएको त्यो कहाँ पुग्यो । खाडि मुलुकहरु आफ्नो साधन र स्रोतहरु प्रयोग गरी अगाडि बढे हामी जहाँको त्यही छौं ।

उनीहरुले हाम्रो दक्ष जनशक्तिलाई प्रयोग गरीरहेका छन् तर हामी त्यो भावना जगाउन सकिरहेका छैनौं । सामाजिक इन्जिनियरिङको प्रयोग गरी गाउँ गाउँमा पर्यटनको विकास गरी उन्नती तर्फ अगाडि बढाउनु पर्दछ । पुर्वाधार तथा ग्रामिण पहुँच तथा उत्पादनमा जोड दिनु हो । जस्तै नेपाली युवाहरु कृषि कर्मको लागि इजरायल गएका छन् । उच्च शिक्षा हाँसील गर्न जापान अमेरीका, युरोप गएका छन् । उनिहरुलाई उच्च मनोवलका साथ स्वदेशमा फिर्ता गराउन देश प्रतिको मायाँ, राष्ट्रको गौरवको ख्याती राख्न सकियो भने जलविद्युत कृषि र पर्यटनमा अगाडि जान सकिने थियो । रेमिटान्सले धानिएको अर्थतन्त्रलाई पर्यटन र कृषिमा परिवर्तन गर्न लगानि त्यो पनि सिपमुलक र उत्पादन र नाफामा लैजानु हुन्छ ।

गाउँ–गाउँमा सिंहदरवारको नारालाई सबैले के कुरामा जोड दिनु प¥यो भने सबैले समयको महत्वलाई बुझि करको दायरामा ल्याई सहि सदुपयोग गर्ने तर्फ लाग्नु प¥यो । स्थानिय सरकारले उद्यमशिलताको माध्यामबाट पर्यटनको बिकास गर्नु र उत्पादन तथा त्यो बस्तु तथा सेवालाई चाँडो चाँडो बजारसम्म पु¥याउनको लागि सहजताको भुमीका निभाउन सक्यो भने अर्थतन्त्र आँफै बलियो हुन्छ । अझ ग्रामीण सडक सञ्चालनलाई केन्द्र तथा बजार सम्म बिस्तार गरी ग्रामीण पहुँच कार्यक्रम गरी पर्यटनमा जोड दिने हो भने देश चाँडैनै समृद्ध बन्ने थियो । समृद्धिको यात्रा पुरा हुने थियो । (शाखा प्रमुख, माछापुच्छ«्रे बैंक लि. बागलुङ)

व्यक्ति विकास र सकारात्मक सोचाई
कुनैपनि व्यक्तिले आफनो व्यक्तित्व विकास गर्नु छ भने सर्वप्रथम म आफूले आफूलाई चिन्न जरुरी छ । सर्वप्रथम आफूलाई चिनिसकेपछि मात्र अरुलाई चिन्नु पर्ने हुन्छ । मानिस जन्मजात जानेर र बुझेर आएको हुँदैन । उसको बानी व्यवहार सामाजिक चालचलन रितीरिवाज, लवाईखवाई आदि संस्कृतिसंग मिल्ने मूल्य र मान्यताहरु हुन् । यी सबै मूल्य र मान्यता समाज सुहाउँदो हुनुपर्दछ । व्यक्तिमा व्यक्तित्व र नेतृत्व विकास हुन सकेन भने त्यो मनुष्यले संसारमा केही पनि गर्न सक्दैन । मानिस तीन प्रकारको हुन्छ, त्यो उसको व्यवहारबाट थाह पाउन सकिन्छ ।
१. आफूले चिनेको म
२. अरुले चिनेकोे म
३. वास्तविक म
Jo-Harry window  मा उल्लेख भएअनुसार

१. आफनो बारेमा आफूलाई पनि थाहा भएको र अरुलाई पनि थाहा भएको खुल्ला भाग
२.आफनो बारेमा आफूलाई थाहा नभएको तर अरुलाई थाहा भएको आफूबाट लुकेको (अन्धो) भाग
३. आफनो बारेमा आफूलाई थाहा भएको तर अरुलाई थाहा नभएको अरुबाट लुकेको (गोप्य) भाग
४.आफनो बारेमा आफूलाई थाहा नभएको र अरुलाई पनि थाहा नभएको अन्धकार (बन्द) भाग
यदि कुनैपनि व्यक्तिले आफूबाट लुकेको अन्धो भाग घटाएर खुल्ला भाग बढाउन चाहन्छ भने उसले अरु व्यक्तिहरु, साथी सहयोगीहरुबाट दिएको सुझाव सल्लाह पृष्ठपोषण मान्नु र स्वीकार गर्नुपर्दछ । तब मात्र अन्धो भाग घटने गर्दछ ।
यदी कुनै व्यक्तिले आफनो गोप्य भाग घटाएर खुल्ला भाग बढाउन चाहने होभने उसले आफनो कमीकमजोरी आफूबाट भएका गल्ती अरुलाई भन्नु पर्दछ ताकी अरुलाई पनि थाहा होस उनीहरुबाट सल्लाह प्राप्त होस र खुल्ला भाग बढोस् ।
यदि कुनैपनि मानिसले आफनो अन्धो र गोप्य भाग अरुको सुझाव राय पृष्ठपोषण लिएर आफनो कुरा अरुलाई बताएर घटाएको खण्डमा उभित्र रहेको बन्द भाग पनि विस्तारै खुल्न सक्छ । यसबाट के थाहा हुन्छ भने प्रगती गर्नले आफनो खुल्ला भाग बढाउनुहोस र आफनो गोप्य र अन्धो भाग घटाउनुहोस् । वरु आफनो बारे अरुलाई खुलस्त बताउनुहोस् ।
व्यक्तित्व विकासमा जीवन उपयोगी सीपहरु लागु हुने गर्दछन् । व्यक्तित्व विकासअन्र्तगत ढृढता विकास  (assertive development ) पनि पर्दछ ।
A=aggressive  (आक्रामक)
यसले आफनो अधिकारको कुरा गर्दछ
अरुको अधिकारको कुरा गर्दछ । सिमित स्वार्थको निम्ति अगाडी बढ्दछ ।
B=subnissive  (निष्क्रिय)
अति विन्रम सहन्छ धेरै
महिला वर्गहरु पर्दछन् ।
C=Assertive  (दृढ)
आफनो अधिकारको पनि ख्याल राख्दछ ।
अरुको अधिकारको पनि ख्याल राख्दछ ।
बुझेर मात्रै अधिकारको विचार राख्दछ ।
आफनो अधिकारहरुलाई पूर्ण प्रयोग गर्ने गर्दछ ।
अरुका अधिकारहरुलाई हनन् गर्दैन ।
सकारात्मक सोेचाई जटिल भन्दा जटिल परिस्थितिमा सामना गर्न सक्नु नै हो । राम्रो कामको बाटोमा लाग्नु नै हो । तिमी जे खोज्छौ त्यही पाउँछौ, तिमी जे खोज्छौ त्यही पाउँछौ, तिमी जे रोज्छौ त्यही पाउँछौ । व्यवहारमा परिवर्तन हुनु, बानीको विकास हुनु व्यवहारमा परिर्वतन हुनु बानीको विकास हुनु, प्रगतीतर्फ लाग्नु, आर्थिक उन्नतीतिर लाग्नु नै सकारात्मक सोचाई हो । मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा बालकदेख्री वृद्धा सम्मलाई गरिने व्यवहार नै पर्दछ । त्यस्तै साना बालबच्चाहरुलाई सकरात्मक बानी व्यवहार कसरी देखाउने भन्ने कुरा व्यवहार विश्लेषणमा पर्दछ । ठूलाले गरेको गल्ती चाँडै पत्ता लगाउने खुबी हुन्छ । त्यसैले ठूलाले गर्न हुने सानाले गर्न नहुने भन्ने गर्छन् । हामीलाई सामान्य लागेका कुरा उनीहरुलाई जटिल लाग्न सक्छ ।

बालकलाई गल्ती गर्ने बित्तिकै गाली गर्नु हुदैन । उ शारीरिक रुपले नडराएपनि मानसिक रुपले डराईरहेको हुन्छ । जस्तै गिलास फुटायो घरमा गाली गर्ने डरले भन्दैन अथवा खेल्दा चोट लाग्यो वा काट्यो तर उसले भन्दैन । यस्तो गल्ती जानेर गरेको छ वा नजानेर गरेको छ त्यसमा विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलोपल्ट सम्झाउने मानेन् भने उसले पाउने सुविधाबाट कटौती गर्ने । जस्तैः एक गिलास दुध खान दिइन्थ्यो भने आधा गिलास मात्र दिने । उसलाई पिटेर होइन सान्त्वना दिदै सम्झाउनतिर लाग्नुपर्छ ।

तपाई जे गर्नुहुन्छ बच्चाले त्यही सिक्छ । तपाई बच्चालाई मादक पदार्थ अथवा अन्य सूर्तीजन्य चिजहरु किन्न वा लिन पठाउनु हुनछ, त्यो कदापी नगर्नुहोस् किनकी उसलाई प्रयोग गर्न बानी हुन्छ । बालक भनेको जिज्ञासु हुन्छन्,उसम नयाँ प्रयोग गर्न बानीको विकास भएको हुन्छ । त्यस्तै तपाई घरमा झैझगडा नगर्नुहोस् चर्काे स्वरले बच्चालाई गाली नगर्नुहोस् । बच्चालाई साथी बनाएर बस्नुहोस् । हनुरबावा हजुरआमाहरुले साना–साना नानीलाई लिएर हिड्ने, डुल्ने, खेल्ने र गफ गर्ने बानीको विकास गर्नुपर्दछ । त्यस्तै बालकका कुरा सुन्नेतिर आकर्षण गर्नुहोस् उनीहरुका धेरै इच्छा आकांक्षा हुन्छन् । तिनीहरुलाई सम्झाईबुझाई समाधान गर्नतर्फ लानुनै सकरात्मक सोच हुन्छ ।

अर्काेतर्फ तपाईको घरमा जस्तो व्यवहार गरिन्छ बच्चाले पनि त्यस्तै व्यवहार सिक्छ । उसको सिक्ने वा जान्ने थलो भनेको घर हो । बालकको पहिलो पाठशाला घर हो । उसले घर परिवारबाट धेरै कुराहरु सिकिरहेको हुन्छ । यसै प्रसंगका एउटा कथा जोड्न चाहन्छु । एउटा व्यापारीले दुईवटा सुगा बेच्न लिएर हिड्छ । एउटाको मूल्य रु. ५ र अर्काको मूल्य रु. ५००० रहेछ । एउटा व्यक्तिलाई ती सुगा किन्न मन लागेछ र उसले भनेछ किन फरक– फरक मूल्य । उसले किनिसकेपछि सोचेछ र दुईवटै लिएर घर गएछ ।

व्यापारीले भनेछ भोलिपल्ट बिहान थाहा पाउनु हुनेछ किन फरक–फरक मूल्य हो भनेर । त्यो व्यक्ति निकै जिज्ञासु भएर ति सुगा किनेर लिएर गयो । भोलिपल्ट बिहान उठेर ति सुगातिर गयो । एउटाले बिहान–बिहानै निकै गाली गरेर फलाक्न थाल्यो । भए नभएको गाली गर्न थाल्यो, अनेक गाली गर्दे धेरै बोल्ने र मनमा लागेको रिस गाली पोख्न थाल्यो । त्यस्तै अर्काले बिहानै अनेक धर्म कर्मको कुरा तथा मन्त्र जप्दै पुजा पाठका कुरा गर्न थाल्यो । उसले नैतिक विचारक बोल्यो भने एउटाले अमानवीय रुपले गाली ग¥यो । यसबाट के थाहा हुन्छ भने एउटा निकै अकै असन्य वा असामाजिक समाजका हुर्क बढेको रहेछ भने अर्काे चाहीँ सामाजिक र शैक्षिक परिवारमा जन्मेको हुर्केको रहेछ ।

हामीले यसमा के भन्न खोजेको होभने व्यक्तिको व्यक्तित्व नेतृत्व विकास गर्ने होभने सबैभन्दा पहिला आफू परिर्वतन हुन जरुरी छ । तबसम्म आफूमा सकारात्मक परिर्वतन हुदैन तबसम्म समाज, घर परिवार शिक्षित तथा सकारात्मक दिशतिर जादैन । त्यसैले व्यक्तिको व्यक्तित्व विकास र सकारात्मक हुनको लागि सुगाको कथा जस्तै भएर अगाडी बढाउन पर्ने आजको समय र सन्दर्भ हुन आएछ ।

गाउँ र गाउँले परिवेश

इतिहास कोल्टाउदा हाम्रा पुर्खाहरु सबै गाउँलाई नै रोजी डाँडा डाँडामा बसेको देखिन्छ । गाउँ आफैमा नाम गाउँ मात्र होइन वास्तविकता बोकेको ठाउँ हो । जहाँ भौगोलिक विकटकता तथा भू–वनावट नमिलेको हुन्छ । उद्गम थलोको रुपमा पुर्खाहरुले माया गरी बसेको ठाउँ नै गाउँ हो । त्यसैको न्यायो मायामा हुर्केका बासिन्दा नै गाउँले छन् । गाउँले हुनुमा सबैले गर्वगर्नुपर्ने अवस्था निकै चाडै आउछ यो सत्यले देखाउछ । प्राकृतिक सुन्दरता तथा विविधताले पुर्ण हुन्छ । गाउँ त्यहाँ बस्ने गाउँले निकै मिहेनती र दयालु मायालु पाहुँनालाई अथिति देव भन्ने गर्छन । जडिबुटी, चाडपर्व, चोखोमाया, ताजा खानेकुरा, मौलिकताले गर्दा फेरी जाउँ जाउँ लाग्ने बनाउछ गाउँले । जहाँ ग्रामिण लघु जल विद्युत आयोजनाले गाउँ रात परेपछि झन झमल्ल देखिन्छ । स्वादिलो चिसो पानी खादै गाउँको न्यायो माया र प्रकृति सँग रमाउदै गरी वस्नु पर्ने हो ठाउँ गाउँ । यस्तै प्रकृति र सुन्दरता अवश्य एक पटक पुग्नै पर्ने ठाउँ हो गाउँ जस्तै नेपालका रमणिय र पर्यटकीय दृष्टिकोणले पनि पुग्ने पर्ने ठाउँ हुन जुन घलेगाउँ, वारपाट गाउँ, घादु्रक गाउँ, सक्लेस गाउँ, भुजुङ गाउँ, धन पोखरा गाउँ, पञ्चासे आदि आदि ।
जिविको पार्जनको क्रममा ढुङ्गे युगबाट विस्तारै विस्तारै खेतिपाती गर्न जानिसकेपछि नै गाउँमा वस्ती वसेको अनुमान लगाउन सकिन्छ । जात विशेष अनुसार बस्ने र शिकार खेल्ने गरेको पनि पाइन्छ । त्यसै क्रममा गाउँलाई माया गरी आफ्नो जिविको पार्जन गर्न तर्फ लागेकाले गाउँबाट टाढा जान नसकेको देखिन्छ । जस्तै गुरुङ, गाउँ, मगर गाउँ, तामाङ गाउँ राई, लिम्बु बाह्मण क्षेत्री आदि आदि पृथ्वीनारायण शाहिको पालादेखि नै दरबार टापुमा बनाउने र त्यहि वरीपरि आफैले प्रभुत्व जमाएर बसेको पनि देखिन्छ । जस्तै लम्जुङ्गको गाउँशहर दरबार, कास्कीको कास्कीकोट दरबार, गोर्खा दरबार । आफ्ना आफ्ना पुर्खाहरुले कुल तथा मन्दीर निर्माण गरि वस्ती बसेको पनि देख्न सकिन्छ ।
गाउँ शब्द आफैमा राम्रो छ । गाउँलाई त्यहाँ भएका स्रोतहरुको संरक्षण गर्न र विश्वमाझ चिनाउन गाउँको आफै लाग्नुपर्ने हुन्छ । गाउँका मौलिक चिजहरुलाई संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता हो । जस्तो, भकारी, डोको, नाम्लो, स्याखु, ठेकी, मदानी, ढिकी, जातो, चौडी पिङ्ग आदि यी गाउँका विशेषताहरु हुन । यि मौलिक वस्तुहरुलाई बचाई राख्नु पर्दछ ताकी अहिलेका पिडिलाई याद होस गाउँ र गाउँले परिवेश कस्तो र कसरी चलेको रहेछ भनेर सहर बस्नेहरुलाई एकपटक गाउँ जाउँ जाउँ भन्ने बनाउनु पर्ने देखिन्छ । गाउँको मकै ढिडो, आटो खोले खाएर हुर्केका लाहुरे बुढापाकाहरु सँग चौतारीमा नदिनाला तथा छहराहरुको गुडगुड र चराचुरुङ्गीहरुको सुमधुर स्वर सुन्न र जान्न एक पटक जानै पर्ने ठाउँ हो गाउँ ।
गाउँलाई सामाजिक तथा आर्थिक पक्षले सबल बनाउनुपर्ने देखिन्छ । सर्वप्रथम गाउँलाई आत्मनिर्भर तर्फ अगाडि बढाउनका लागि गाउँको पुर्वाधारमा जोड दिनु र त्यहाँ भएको साधन स्रोतलाई अधिकतम प्रयोग गरी नाफामुलक कार्यमा लगाउनुपर्ने हुन्छ । पुर्वाधारमा बाटो पहिलो आवश्यकता हो । बाटो रातो भयो भने गाउँ आफै सक्षम र सबल हुन्छ । हराभरा वातावरण रमाउनका लागि गाउँ जाने प्रवृत्ति बढ्दै जान्छ बाटो भयो भने । त्यसका लागि बिजुली सञ्चार र स्वास्थ्य शिक्षा पर्दछन् । गाउँमा भएको पुर्वाधारमा टेवा पुग्यो भने आयआर्जनमा लाग्दछन र शहर केन्द्रित हुनबाट रोकिने थियो कि । दिगो विकास र आर्थिक उन्नतीमा लाग्न पाखावारी तथा वनजंगलमा जडिबुटी र फलफुल पकेट क्षेत्र घोषणा गरी स्थानिय सरकारले गउँको स्तरोन्ती गरी गाउँबाट शहर जानबाट रोक्नुपर्ने आजको स्थानिय र म्भअभलतचबगिबिच को अवधाराणा हो । बाख्रापालन कुखुरा पालन तथा आधुनिक तरिकाबाट कृषि तथा पशुप्राणीका लागि डालेघाँस तथा फलफुल बोटबिरुमा लगाएर भुक्ष रोक्ने र खाने पानीका मुहानलाइृ अनुकुलन गर्न समेत टेवा पुग्ने हुन्छ गाउँ । वातावरणीय अनुकुलन जोगाउन गाउँको ठुलो महत्व छ । शहरमा बस्नेका लागि स्वच्छ वातावरण र स्वच्छ पानी उपलब्ध गराएको छ गाउँले । शहरका प्रत्येक व्यक्तिबाट खैनिक रु १ रुपियाका दरले बचत गरी गाउँलेले दिएको योगदान स्वरुप गाउँका पुर्वाधारमा विकास गर्न सक्ने हो भने गाउँ चाडै नै सवृद्धि हुने थियो ।

किसान र अर्थतन्त्र

विकासको क्रमलाई लिएर अगाडि बढ्ने होभने विश्व बजार आज निकै अगाडि गैसकेको छ । हामीले पौराणीक शैली र धारणालाई अपनाउँदै आईएको बेला थियो जुन बेला हाम्रा पुर्वजहरुले जंगलमै बसेर जंगलको कन्दमुल खाएर पनि आफ्नो जिवन निर्वाह गरेको कथा तथा किंवदन्ती सुन्न पाईन्छ । वर्तमान भविष्य र भुतको कुरा गर्दा कृषिलाई आधुनिकीकरण र त्यसको अर्थशास्त्रलाई अंगाल्ने होभने हामी नेपालीहरु किसानलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने देखिन्छ । किनभने विश्वको आर्थिक मन्दी जुन बेला सन् १९३० मा आयो त्यस बेला सम्पुर्ण अर्थतन्त्र मन्द गतिमा सुस्ताई रहेको थियो । विस्तारै अर्थतन्त्रलाई कृषिमा परिणत गरी कृषि क्रान्तितिर अगाडि बढ्यो । कुनैपनि बस्तु उत्पादनबाट प्राप्त नाफा बस्तुको मुल्य र भागमा निर्भर हुन्छ । त्यस बस्तुको बजारमा कति छ भनेर अध्ययन गर्न कुल भागलाई राम्रोसँग बुझ्नु पर्दछ । देशभित्र भएको साधन र स्रोतको परिचालन बिना देश अगाडि जान सक्दैन् । त्यसैले उत्पादनमा बढी जोड दिन जरुरी देखिन्छ । उत्पादन हुनको लागि श्रम शक्ति, प्रबिधि विकास, बाटो, सडक, सिंचाईं, बिजुली तथा सञ्चार लगायतका बस्तु मुल तत्वहरु हुन् । यहाँ के भन्न खोजिएको छभने किसान र अर्थतन्त्र एक अर्कामा परिपुरक हुन् । किनकी देशलाई चाहिने खाद्यान्न बस्तु तथा सेवाहरु कृषिबाट उत्पादित हुन् । उद्योगलाई चाहिने कच्चा पदार्थहरु पनि कृषिबाट उत्पादित बस्तुहरु हुन् । देश कृषि प्रधान भन्ने, २५ प्रतिशतमा गरिवी निवारण पु¥याउँछौं भन्ने बार्षिक प्रतिवेदन तथा बजेटमा घोषणा गर्ने प्रबृत्तिले गर्दा किसान निरुत्साहित भएको आजको एकदमै गम्भीर बिषय हो । जुनसुकै देशको पनि आफ्नो स्रोत तथा साधनहरु हुन्छन् । त्यो साधनहरुको पुर्ण उपयोग गरी बढीभन्दा बढी बस्तु तथा सेवाको उत्पादन गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै सेवाको कुल भौतिक मुल्यलाई राष्ट्रिय आम्दानी भनिन्छ ।
किसान आँफैमा कमजोर वर्ग हो । कृषिमा आश्रित परिवार जो किसान हो तर किसानले नै अर्थतन्त्रलाई मजबुद बनाईरहेको छ । विश्व बजारमा हेर्ने होभने इजरायल देशमा कृषिबाट उत्पादित बस्तुहरु विश्व बजारमा निर्यात गरिरहेको छ । सहकारीको माध्यमबाट कृषिमा ठुलो परिवर्तन गरिरहेको छ । जुन दुध उत्पादनमा नमुनाको रुपमा चिनिन्छ । ठुला–ठुला डेरी उद्योगबाट अगाडि बढिरहेको छ । त्यस्तै चीनलाई पनि हेर्न सकिन्छ । हामी हाम्रो देशको साधन र स्रोत पाखाबारी खाली राखेर बिदेशीको बजारमा श्रम बाढिरहेका छौं । यसलाई तत्परता र नेतृत्व प्रबिधिमुलक विकास हुनु जरुरी छ । अबको मुल नारा तथा क्रान्ति भनेको उत्पादन त्यसपछि निशुल्क स्वास्थ्य तथा शिक्षा भन्नु पर्ने अवस्था आएको छ । उत्पादन गर्नुहोस् स्वास्थ्य र शिक्षा निशुल्क उपलव्ध हुने छ भन्ने होभने बल्ल राष्ट्रले केही निर्याततर्फ अगाडी बढ्न सक्ने थियो की ? भौगोलीक बनावट तथा वातावरणीय अनुकुलन सुहाउँदो बस्तु उत्पादनमा राज्य लाग्नु पर्ने आजको आवश्यकता हो । प्रविधिमा विकास गराउन सक्नु र सञ्चारको माध्यामबाट उत्पादित बस्तुहरुमा किसानको पहुँच पु¥याउन नसक्नु नै नैराश्यताको उपज भएको देखिन्छ । सामुहिक तथा व्यक्तिगत रुपमा किसानलाई अगाडि ल्याउने सजिलो तथा सहज तरिकाबाट आर्थिक क्रियाकलापमा उनीहरुलाई अगाडि ल्याउनु पर्ने हुन्छ ।
स्थानिय तहबाट समस्याको पहिचान गरी त्यसको समाधान गर्नुपर्ने आजको मुल बिषय हो । पाखाबारी तथा खेत खेर गैरहेको जल जमिनलाई सदुपयोग गर्नतर्फ राज्य लाग्नु पर्छ । स्थानिय निकायको पहलमा त्यस्ता उत्साहित किसानलाई अग्रसर गराउन सके अर्थतन्त्रमा टेवा पुग्ने थियो । एक घर एक व्यक्ति, एक बस्तु उत्पादनको अवधारणा ल्याएर गाउँ–गाउँमा अर्गा्निक उत्पादन क्षेत्र घोषणा गरी किसानको जिवनस्तर उठाउन सके हाम्रो देशको अर्थतन्त्र अगाडि जान्छ । तकमात्र उद्योगधन्दा बलियो हुन्छ र अर्थतन्त्र बलियो हुन्छ । अर्थतन्त्र बलियो हुनु भनेको बित्तिय अनुशासनमा निरन्तरता तथा दिगोपना आउनु हो । दिगोपना भयोभने सम्पुर्ण रोजगारी तथा श्रमिकको भाग पुँजी सञ्चयमा निर्भर रहन्छ र माग र पुर्तिको मुल्य श्रमिकको सिमान्त उत्पादित बस्तुमा निर्भर गर्दैन् । कृषिमा अगाडि जान सकियो भने श्रमिकहरुबाट उत्पादित बस्तुको मुल्यमा भएको बृद्धिले ज्याला दर बढ्छ । श्रमिकले उपभोग गर्ने बस्तु पूर्णतः कृषि उत्पादित हुन्छन् । यदि कृषि बस्तुको मागमा बृद्धि भयोभने कम उर्वर भुमी पनि अन्न उत्पादनको लागि प्रयोग गर्न सकिन्छ । (लेखक त्रिपाठी माछापुच्छ्रे बैंक लि. बागलुङ शाखाको प्रमुखमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung