७ जेष्ठ २०८१, सोमबार

 

भीमघाट प्रथम लगुजलविद्युत, ५ सय ७५ घरधुरीमा वितरण

बागलुङ । गत वर्ष साउन २९ गते पहिराले ध्वस्त बनाएको बडिगाड गाउँपालिका –७ भीमगिठेको भीमघाट प्रथम लगूजलविद्युत परियोजनाको पुर्ननिर्माणको काम सकिएको छ । परियोजनाको निर्माण कार्य सम्पन्न भएपछि ५ सय ७५ उपभोक्ताको घरमा विद्युत वितरण गरिएको छ । १ करोड १५ हजार कुल लागतमा परियोजनाको पुर्ननिर्माण गरिएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ललितपुरको ५५ लाख अनुदान, स्थानीयको ४६ लाख जनश्रमदान गरी कुल १ करोड १५ हजार लागतमा निर्माणको काम सकिएको परियोजनाका अध्यक्ष हेमराज चालिसेले बताउनुभयो ।

‘उपभोक्ताको घरमा विद्युत वितरणको काम सकिएको छ, अध्यक्ष चालिसेले भन्नुभयो यस अघि छिमेकी विद्युतसँगको सहर्कायमा ५ सय ७५ घरधुरी उज्यालो बसेका थिए अब आफ्नै विद्युत उपभोग गर्न पाउने छन् ।’
यस अघि ४२ किलोवाट क्षमताको विद्युत  भएपनि पुर्ननिर्माणपछि त्यसलाइ वृृद्धि गरी ६२ किलोवाटको बनाइएको छ ।

 पहिले लोडसेडिङ सम्म हुने गरेपनि पुर्ननिर्माण पछि त्यो समस्या हटेर गएको छ आयोजनका सचिव जीतबहादुर थापाले बताउनुभयाे ।   ‘पहिले विद्युत अत्यधिक खपत भएर लोडसेडिङ गर्ने सम्मको काम हुन्थ्यो अब त्यो समस्या रहेन’

विद्युत उपभोक्ताको घरमा यही १६ र १७ गते वितरण गरिएकाे थियाे अझै पनि १० देखि १५ किलोवाट खपत हुनबाट जोगिएको अायाेजनाले जनाएकाे छ ।  विद्युत सञ्चालनमा अाएपछि त्यहाँका कलकारखाना  सञ्चालनमा आएका छन् । ०७४ साउन २९ गते बडिगाडकै ठूलाचौरबाट आएको पहिरोले विद्युतको सम्पूर्ण संरचना ध्वस्त पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्