ताराखोला । ताराखोला गाउँपालिकाले पहीलाे पटक वडास्तरीय पशु स्वास्थ्य शिविर संचालन गरेको छ । पाँच वडा रहेको गाउँपालिकामा हरेक वडामा पशु स्वास्थ्य शिविर संचालन गरी कृषकहरुलाई औषधि वितरण गर्ने, खसी बनाउने, खसि पार्ने लगायतका काम हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
पहीलाे पटक वडास्तरमै पशुपालक कृषकहरुलाई सहजताको लागि उक्त कार्यक्रमको आयोजना गरेको उनले बताए । पशु स्वास्थ्य कार्यालय ताराखोलाको संयोजनमा यो शिविर संचालन भएको हो । त्यसले कृषाकलाइ राहत दिनेछ ।