१४ कार्तिक २०८३, शुक्रबार

 

प्रजिअ खरेल र प्रहरी उपरीक्षक पौडेललाई स्वागत

बागलुङ । आशो अमृतम ध्यान केन्द्रले एक कार्यक्रमको आयोजना गरि भगवान आशोको ६६ औँ सम्बोधी दिवस हर्षोउल्लासका साथ मनाएको छ । कार्यक्रममा केही भजनहरूमा उत्सवसमेत गरिएको थियो ।

भगवान सम्बोधी दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र केही समय पहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा आएका प्रहरी उपरीक्षक कृष्णहरि पौडेललाई आशो अमृतम ध्यान केन्द्रमा स्वागत गरेको छ ।

ध्यान केन्द्रकी सञ्चालिका मा आत्मो ज्योत्सनाले खादा आढाई स्वागत गरेकी थिइन्। ओशो अमृतम ध्यान केन्द्रले जिल्लालाई ध्यानमय बनाउन जुन परिश्रम गरेको छ यो ज्याँदै असल कार्य भएको प्रमुख जिल्ला अधिकारी खरेलले बताए । कार्यक्रममा प्रजिअ खरेलले संस्थालाई आफ्नो ठाउँबाट सहयोग रहने उद्घोषसमेत गरे ।

कार्यक्रममा खाद्य संस्थानका प्रमुख केदार पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख मनोज कुमार श्रेष्ठ , उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung