१४ कार्तिक २०८३, शुक्रबार

 

मगर संघ बागलुङको अधिवेशन गलकोटमा हुने

बागलुङ । नेपाल राष्ट्रिय मगर संघ बागलुङको प्रथम जिल्ला अधिवेशन गलकोटमा हुने भएको छ । संघको शनिबार बसेको बैठकले आगमी चैत २२ र २३ गते प्रथम जिल्ला अधिवेशन गलकोटमा गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांगेस जिल्ला पार्टी सभापति दिपेन्द्र थापा, सचिव नवराज पौडेल, गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, उप मेयर रेणुका काउँचा, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, बडिगाड गाउँपालिकाका उपाध्यक्ष अमर नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खड्कबहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए।बैठककाे  अध्यक्ष पदम पुन मगरको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung