काठमाडौं । ललितपुरको सानेपामा जनक शिक्षा सामाग्रीको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिहान करिब सवा १० बजे सानेपाको नयाँबाटो चोकमा ट्रक र भ्यान एक आपसमा ठोक्किँएका थिए ।
प्रहरीका अनुसार जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दोलखा घर भएका ४० वर्षिय इन्द्रबहादुर सुनुवार र धनुषा घर भएका ४० वर्षीय डोल्मा शेर्पाको अलका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परी गम्भीर घाइते भएकी धनुषा घर भई हाल बुगमती बस्ने १८ वर्षकी स्मृति मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने जनक शिक्षा सामाग्रीको ट्रक चालक घटना पछि भाग्न सफल भएका छन् ।



















































































































































































































