काठमाडौं । आज बुधवार विहान ६:२९ मिनेट जाँदा काठमाडौ आसपासका क्षेत्रमा ठूलो भुकम्पको महसुस गरिएको छ। त्यसलगत्तै अर्को झट्का ६ः४० मा महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्प ५.२ लोकल म्याग्निट्युड र दोस्रो भूकम्प ३.० लोकल म्याग्निट्युडका थिए। दुवै परकम्पको केन्द्रविन्दु धादिङको नौबीसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
दुवै परकम्प गोरखा केन्द्रविन्दु हुने गरिगएको विनाशकारी भूकम्पको परकम्प रहेको बताइएको छ।



















































































































































































































