१४ कार्तिक २०८३, शुक्रबार

 

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । बुधवार मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस् । नेपालमा पनि विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ । श्रमिक दिवसको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न मजदुर संघ संगठनहरुले अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ ।

सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो । नेपालमा भने श्रमिक दिवस विक्रम सम्वत २०६३ सालदेखि मनाउन थालिएको हो । ६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक बिदा दिन थालेको हाे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung