काठमाडौं । प्रभु बैंकले कैलालीको धनगढीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
धनगढी उमनपा– ५, हसनपुरस्थित गोबरग्यास चोकमा स्थापित काउन्टर आइतबार श्रम तथा रोजगार कार्यालय प्रमुख कृष्णनन्द जोशीले उद्घाटन गरे ।
उनले आफ्नो कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जनाउँदै सेवाग्राहीलाई रकम बुझाउन झन्झट नहोस् भनेर बैंकसँग सहमति गरी एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताए ।
उक्त काउन्टरबाट श्रम तथा रोजगार कार्यालयका सेवाग्राही, खास गरी वैदेशिक रोजगारीमा जान चाहनेलाई श्रमस्वीकृति लिन सहज हुने बैंकले विश्वास लिएको छ ।


















































































































































































































