काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘जीवन सुरक्षा बचत खाता योजना’ सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरका साथै बचतसँगै बिमा सुविधाको पनि फाइदा ग्राहकलाई दिन योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
योजनाअन्तर्गतको खाता अनलाइनमार्फत घरबाटै पनि खोल्न सकिनेछ ।
बैंकले हाल देशभर १ सय ५३ शाखा, १ सय शाखारहित बैंकिङ सेवाकेन्द्र, १ सय ६१ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
योजनाका विशेषता
- २६ लाख रुपैयाँसम्मको बिमा योजना
- नेपाल तथा भारतका अस्पतालमा छुट
- पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बिमा योजना
- १८ प्रकारका घातक रोगविरुद्ध बिमा योजना
- जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने ।


















































































































































































































