१४ कार्तिक २०८३, शुक्रबार

 

बुर्तिबाङमा जिप दुर्घटना, तीन जना घाइते

बागलुङ । बुर्तिबाङबाट भीमगिठे आउँदै गरेको जिप दुर्घटना भएको छ । आइतबार दिउँसो बुर्तिबाङबाट भीमगिठे आउँदै गरेको लु १ च ९८५२ नम्बरको जिप ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा दुर्घटना भएको हो । जिप दुर्घटनाबाट ३ जना घाइते भएका छन् ।

घाइतेहुनेमा गुल्मी जिल्ला मालिका गाउँपालिका–१ का ६८ वर्षीया मदनबहादुर घर्ति, निसीखोला गाउँपालिका–७ की १७ वर्षीया माया कुँवर र बडिगाड गाउँपालिका–९ की २६ वर्षीय निरुता केसी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले नयाँ विश्वलाई जानकारी दिए ।

दुर्घटनाका घाइते मध्ये ६८ वर्षीय घर्तिलाई उपचारका लागि पाल्पा पठाइएको छ । दुर्घटनाका विषयमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung