११ कार्तिक २०८३, मंगलवार

 

शान्तिको कामना सहित २५ सय ६३ औं बुद्धजयन्ती मनाऔं

बैशाख पूर्णिमा भन्ने बित्तिकै नेपाली जनमानसमा बुद्ध पूर्णिमा भनिरहन पर्दैन् । जन्म, दुःख हो । दुःखको, कारण छ । दुःखबाट मुक्ती पनि छ, हैं भन्ने कुराको उपदेश बुद्धको जीवनबाट पाउन सकिन्छ । शान्तिका अग्रदुत भनेर पनि चिन्ने गरिन्छ, उनलाई । वर्षमा एक दिनभएपनि हामी नेपालीले उनलाई अन्तर हृदयबाट संझिरहेका हुन्छौं । बैशाख पूर्णिमा अर्थात आज कैं दिन ।

सांसारिक मोहलाई त्याग गर्न सक्ने हो, भने जीवनमा मुक्ति संभव छ, भन्ने कुरालाई उनले प्रमाणित गरिदिए । उनले जीवनको यर्थाथताको आधार हो, त्याग ।

‘सब्बपापस्य अकरणं
कुसलस्य उपसम्पदा
सचित्तपरियोदपंन,
एतं बुदानु शासनं ।’

आजको वाद र विवेचना भन्दा शताब्दीयौं अघि उनले यही भुगोलबाट शान्तिका लागि एउटा वाद नैं थपिदिए । शान्तिवाद, अर्थात ‘बुद्धम शरणम् गच्छामी’ । बुद्धको जीवन दर्शन र चरित्रमा धार्मिक बुहार्तन भन्दा पनि सहनशिलता छ । त्यसैले होला अहिंसाका पुजारी गान्धीले भनेका छन् – शायद बुद्धको जीवन र दर्शनलाई बुझ्न नसकेको भए आजको आधुनिक युगमा मानवताका लागि यो आन्दोलनमा रहँदा द्वन्द समाधानको मार्ग पहिल्याउन मेरो अहिंसाको मार्ग निरर्थक हुने थियो ।

गान्धीले भगवान बुद्धकाे दर्शनबाट जीवन मात्र हैन् , दुःख समाजमा पनि छ । दुःखको समाधान पनि छ, भन्ने कुरा पहिल्याएका हुन् । गान्धीले समाजको मुक्तीका लागि द्वन्द पहिचान गरेर त्यहीबाट आन्दोलन उठान गर्थे । गान्धीका स्वकिय सचिव मध्येका एक स्व.नारायणभाई देसाईका अनुसार गान्धीले द्वन्द समाधानका लागी बुद्धको बानी व्यवहार र चरित्र स्मरण गर्थे । उनले आफ्नो ११ व्रतमा बुद्धका पंचशिललाई अग्र पंक्तीमा उतारेका छन् । अहिंसाका लागि बुद्ध मन्त्र र सुत्रलाई उनले अनुसरण गरे । साथैं गान्धीले आफ्नो नित्य प्रार्थानामा बुद्ध भजन पनि समावेश गरेका थिए ।

द्वन्द समाधानका लागी मैत्री, करुणा, मुदिता र उपेक्षा बुद्धका उपदेश हुन् । गान्धीले बौद्ध दर्शनबाट त्यो सुत्र साभार गरेका हुन् । । यही सुत्रलाई गान्धीले आफ्नो जिवन सार्थक बनाउन उपयोग गरे । त्यसैले उनले बुद्धका जीवनमा आधुनिक मावनजगतका लागि यस्ता धेरै अमुल्य निधी छन्, भनेका छन् ।

भारतीय उपमहाद्धीपमा भगवान बुद्ध पश्चात सत्यको व्रतधारी र साधक गान्धी नैं हुन् । जसले सचेत र सुसुचित पनि गरे । जसरी बुद्धले शान्तिको मार्गलाई पहिल्याए त्यसरी नैं गान्धीले अहिंसालाई व्यवहारमा उतारे । गान्धीको भारत स्वतन्त्रताको अहिंसात्मक आन्दोलनको जगमा बुद्धवाणी अर्थात सुत्र मैत्री (स्नेह),करुणा (दया),मुदिता (प्रसन्नता) र उपेक्षता (तटस्थता) चार तत्व छन् । जुनकुरा गान्धीले राष्ट्रिय स्वधिनताको आन्दोलनमा मुल मन्त्र बनाएर अपनाए ।

बुद्ध दर्शनबाट आजको विश्वले धरै कुरा अनुकरण गर्न सक्छ । र्दुभाग्य उल्लेखित चार तत्वको ठीक विपरित (बैमनुष्यता, निर्दयी, ईष्या र प्रतिशोध ) का कारण आज संसार हिंसाबाट ग्रसित छ । त्यसबाट नेपाल पनि अछुतो छैन् ।

शान्तिको कामना गर्दैं आज कैं दिन पारेर उनै बुद्धलाई स्मरण गर्दा , उनले कसरी बुद्धत्व प्राप्त गरे भन्ने विषयको चाख हुनसक्छ । २९ बर्षको उमेरमा दरवारको सुखसयललाई तिलाञ्जली दिए । ६ वर्षको कठिन तपश्या पश्चात ३५ औं बर्षमा बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त भयो भन्ने कुरा उनले कसरी थाह पाए त ? बौद्ध साहित्य अनुसार उनले ६ वर्ष तपश्यापश्चात बैशाख पूर्णिमा कै रातको पहिलो प्रहरमा उनलाई पूर्वानुस्मृती भयो । पूर्वानुस्मृतीबाट उनले पूर्व जन्मका बारेमा ज्ञान पाए । दोस्रो प्रहरमा ‘च्युत्तोपत्ति’ अर्थात जन्म र मरण बारेको ज्ञान प्राप्त भयो ।

तेस्रो प्रहरमा बोधी ज्ञान प्राप्त भएको थियो । संयोगले उनको जन्म, मरण र ज्ञान प्रकट एउटै तिथिमा (बैशाख पूर्णिमाका दिन) भएको छ । भगवान बुद्धको आजभन्दा जन्म २५ सय ५९ ( भगवान बुद्धको जन्म ईसापूर्व ५६७ ) वर्षअघि लुम्बिनीमा भएको हो । लुम्बिनी नेपालमा अवस्थित छ । तत्कालिन समयको कपिलवस्तु राज्यका शाक्य वंशिय राजा शुद्धोधनका पुत्रका रुपमा उनको जन्म भएको थियो ।
राजा शुद्धोधनको दरवार हालको कपिलवस्तु सदरमुकाम तौलिहवा नजिक (तिलौराकोट) छ । जुन अहिले पनि पुरातात्विक स्थलका रुपमा संरक्षित छ । राजा शुद्धोधनका दुई महारानी थिए । महामाया र प्रजापति ।

वैदिककालिन कर्मकाण्ड एवंम हिंसात्मक यज्ञ विरुद्ध तीव्र प्रतिक्रिया भैरहेका बेला भगवान गौतम बुद्धको जन्म भएको हो । भगवान बुद्धले आचरणको शुद्धता र प्रयासद्धारा दुःख निरोध संभव छ, भन्ने कुरालाई सिद्ध गरे । भगवान बुद्धले आफ्नो संसारमा विद्यमान दुःख तथा त्यसबाट मुक्ती प्राप्त गर्न सकिन्छ भन्ने बुझेपछि त्यो कुरा सिद्ध गर्न लागे । त्यसका लागि आचारणको शुद्धीलाई ध्यान दिए । एकान्त बास र तपस्यालाई आत्मसात् गरे । दुःखबाट मुक्ति संभव छ, भन्ने कुरालाई मगन्ते संन्यासीको जिवनबाट उनले शिक्षा लिए ।

बुद्धले उरुवेल (गयामा) बुद्धत्व प्राप्त गरेपछि मानिसका लागि जुन मार्गको अनुरशण गर्न उपदेश दिएका छन् । उनका उपदेशको प्रमुख शिक्षा ‘अष्टांग मार्ग’को परिचय हो । सम्यक दृष्टि, संकल्प, कर्मान्त, जिविका, स्मृती, समाधि,…..

उल्लेखित अष्टांग मार्गको वर्णन उनले चार आर्य सत्य अन्तर्गत गरेका छन् । चार आर्य सत्य (१) संसारमा सर्वत्र दुःख छ , (२) दुःखको कारण छ , (३) दुःखको निरोध संभव छ , (४) दुःख निरोधको मार्ग छ ।

बौद्ध दर्शनमा यी चार आर्य सत्यको आफ्नै महत्व छ । आर्य सत्यबाट मानिसले मुक्तिको मार्ग छ भन्ने कुरा बुझ्न सक्छ । उनको जीवनकालमा उपदेशको मुख्य उद्देश्य पनि त्यही थियो । प्रथम आर्य सत्यको अर्थ संसार दुःखबाट पिडीत छ । जीवन दुःखमय छ । जन्म,वृद्धावस्था, रोग, मृत्यु, ईच्छित वस्तुको प्राप्त नहुनु, प्राप्त सुखको नष्ट हुनु, अप्रिय वस्तु तथा व्यक्तिसँगको सम्पर्क, प्रिय वस्तु र व्यक्तिसँगको विछोड र वियोगको पीडा दुःख हो । सत्य दुःखको अकारण छैन् ।

त्यस बारेका १२ कारणलाई उनले आफ्नो उपदेशका क्रममा वर्णन पनि गरेको पाईन्छ । अविद्या दुःखको प्रथम मुल कारण हो । बौद्ध दर्शन अनुसार अविद्याको अर्थ हो, आत्माको स्वरुपलाई ठीकसँग नजान्नु वा बुझ्न नसक्नु हो । बौद्ध दर्शनमा दुःखको मुल कारण अविद्याका अतिरिक्त अन्य ११ कारण छन् । जुुन बिषयका बारेमा बौद दर्शनको लंका अवतार खण्डमा विस्तृत व्याख्या गरिएको छ । संस्कार, विज्ञान, नाम, रुप, षडयातन(जनेन्द्रिय) , स्पर्श, वेदना, तृष्णा, उपदान, भव, जाती र जरा मरण आदि । दुःखको कारण अविद्याले बाहेक उल्लेखित ११ विषय एक अर्कासँग अन्योन्श्रित छन् ।

बुद्ध दर्शनको महत्वपूर्ण विषय अष्टमार्ग नैं हो । उनले जीवनकालमा उपदेश दिदैं भनेका छन्– कुनै पनि अतिवादलाई परित्याग गर्दैं मानिसले मुक्तिका लागि संतुलित मध्य मार्ग अनुशण गर्नु नैं उचित मार्ग हो । मानिस सन्यासवाद र भोगवादबाट बचेर मध्य मार्ग अपनाउनु नैं सच्चा मार्ग हुनेछ । त्यसो भन्दैमा सबैले कठोर तपस्यामा लीन भएर शरीरलाई कष्ट दिनु पनि उचित हैन् ।, बुद्धले भनेका छन् – संतुलित मध्य मार्ग नैं मानव कल्याणका लागि सर्वाेत्तम मार्ग हो । ।

बौद्ध दर्शन अध्ययन गर्दा बुद्धको उपदेशलाई विस्तार वर्णन गरेको पाईन्छ । भगवान बुद्धले पुर्नजन्मलाई विश्वास गर्दैैनन् । उनको यो विश्वासलाई दर्शनको अध्ययनमा ‘नैरात्म्यवाद’ भनिन्छ । मानिसले केवल आफ्नै प्रयत्नले मात्र निर्वाण प्राप्त गर्न सक्दछ, भन्ने भगवान बुद्धको विश्वास छ । निर्वाण प्राप्तिका लागि ईश्वर प्रार्थना आवश्यक छैन् भन्ने कुरामा जैन दर्शन तथा धर्मावल्मबीसँग उनको मतैक्यता छ ।

निर्वाण प्राप्तिका लागि पनि अष्टांग मार्गलाई उनले महत्व दिएका छन् । निष्ठापूर्वक आचरणबाट त्यो मार्ग अपनाउन संभव छ । त्यसका लागि सबैभन्दा पहिले गृहत्याग आवश्यक हुन्छ । गृहत्यागविना मानिस संसारिक मोहजालबाट मुक्ति हुनसक्दैन् । सन्यासको मार्ग नै एक मात्र र्निविकल्प भएको ठहर गर्दैं बुद्धले संयोगले बुद्ध पूर्णिमा कै दिन गृहत्याग गरेका हुन् ।

आफुले बुद्धत्व प्राप्त गरेपछि अति भोग तथा अति वैराग्यलाई परित्याग गर्दैं समस्त मानव जगतले मध्यमार्ग अनुसारण गर्नु उचित हुने उपदेश दिएका छन् । उनले यो पनि नविर्सन भनेका छन्– संसारमा सर्वत्र दुःख छ । दुःखको कारण जिवित रहने ईच्छा वा चाहनसँगै सुख प्राप्त गर्ने तृष्णा नैं हो । भगवान बुद्धले समस्त जीवन र संसारिक सुखलाई क्षणिक मानेका छन् । त्यसैको प्राप्तिका लागि मानिस दुःखी छ । संसारमा जुन कुरा अहिलेसम्म जारी छ । त्यही कुरालाई बुझाएर नैं उनले राजकुमार, महासान्त र धन कुवेरहरुलाई प्रव्रजित (भिक्षु) बनाएका थिए ।

भारतीय प्रसिद्ध ऐतिहासिक उपन्यासकार तथा लेखक आचार्य नरेन्द्रदेवले बैशालीकी नगर बधुमा लेखेका छन् – तत्कालिन समय भारतवर्षमा बुद्ध र आम्रपालीको राप र चापबाट आंतक छाएको थियो । राजकुमार, कुलपुत्र र महासान्त पुत्रहरु यी दुई मानपका समीप नपरी बच्न असंभव जस्तै थियो । एकातिर बुद्धका शरण गएर भिुक्षु हुनेहरु थिए, भने अर्कातिर बैशालीकी नगरबधु (नगरवेश्या) आम्रपालीको सुन्दरता र कामुकताबाट बच्न युवाहरुलाई गाह्रो थियो ।”

भगवान बुद्धका जन्मका बारेमा पनि चाख लाग्दो किंवदन्ती छ । रानी महामायाले गर्भाधारण गर्नु अघि नैं सपनामा अषाढ शुक्ल पुर्णिमाको राती अनौठो दृश्य देखेकी थिईन् । त्यसपछि उक्त सपनाका बारेमा ज्योतिषीलाई सुनाउदा राजगृहमा पुत्रयोग रहेको जानकारी गराएका थिए । साथै ज्योतिषीले उक्त बालक राज्य संचालनमा आशक्त भए चक्रवर्ती राजा बन्ने वा वैराग्य प्राप्त संन्यासी माहत्मा बन्ने उद्घोष गरेका थिए । ज्योतिषीको वाणीअनुसार नैं रानी महामायाको गर्भ रह्यो । दशौं महिना पुग्नासाथ रानी महामायालाई माईती (रामग्राम, हालको नवलपरासी) जाने ईच्छा प्रकट भयो ।

राजाले उनको आग्रहलाई स्वीकार गर्दैं राजपरम्परा अनुसार यात्राको प्रवन्ध मिलाए । यात्रा कैं क्रममा लुम्बिनी शालक्य उद्यानमा पुग्दा रानीलाई प्रसव वेदना भयो । त्यही बालक सिद्धार्थको जन्म भयो । बौद्ध क्विदन्तीअनुसार जन्मका समयमा पनि केही चमत्कार भएको थियो । उनी जन्मने वित्तिकै सात पाईला हिड्नुका साथैं केही शब्द समेत उच्चारण गरेका थिए, भन्निछ ।

दुर्भाग्य उनको जन्मको सात दिनमा नैं महातारी (आमा) महामायाको मृत्यु भयो । उनको पालनपोषण सानीआमा प्रजापतिबाट भयो । प्रजातिका पनि दुई सन्तान थिए । नन्द र नन्द कुमारी । दुवै भगवान बुद्धभन्दा कनिष्ठ थिए ।

भगवान बुद्धलाई जन्मपश्चात तिलौराकोट दरवारमा ल्याईएपश्चात हेर्न आएका एक तपश्वी कालदेवल उनलाई देख्नसाथ दण्डवत गरेका थिए । उनले त्यो शिशुलाई तपश्वीले दण्डवत गरेको देखेपछि राजा शुद्धोधनले पनि उनको महिमालाई आत्मबोध गर्दैं तपश्वी कैं शैलीमा दण्डवत गरेका थिए ।

सन्तानको जन्मले खुशी भएका राजामा खुशीसँगैं चिन्ता पनि जागृत भएको थियो । ज्योतिषीहरुले उनी चक्रवर्ती राजा वा वैराग्य उत्पन्न भएमा महात्मा ज्ञानी बन्ने भबिष्यवाणी जन्मपश्चात पनि दोहर्‍याए ।
त्यसले गर्दा राजा चिन्तित पनि थिए । तरपनि उनले त्यसबाट मुक्त गराउन केही कसर बाँकी राखेनन् । १६ बर्ष पुग्नसाथ राजकुमार सिद्धार्थलाई देवदहका राजा सुप्रबुद्धकी कन्या यशोधरासँग विबाह बन्धनमा बाधिदिए । उनका लागि दुर्गेभित्र (दरबार परिसरमा) छुट्टै भवन निर्माण गरिदिए । ऋतुअनुसारका पवन र घामको प्रकाश छाउने भवन (रम्य,सुरम्य र शुभ भवन) नवनिर्मित थिए । ती भवनमा नतर्की, गाना बजाना सबै प्रवन्ध थियो । तर पनि सिद्धार्थको मन बाहिरको मनोरम प्रकृतिमा रमाउथ्यो, दरवारको सुखसयलमा अडेन् ।

एकदिन उनले मलामीले ल्याउदैं गरेको मरेको मानिसको लाश देखे । अनि आफ्ना सारथी छन्नसँग जिज्ञासा गरे । उनले जिवनको यर्थाथता बताईदिए । त्यो सत्य थाह पाएर उनी झनैं दुःखी भए । त्यसैगरी उनले रोगी र बृद्ध मानिसलाई पनि देखे । त्यसको कारण पनि बुझे । उनी झनैं दुःखको अनुभुत गरे । उनमा ती सत्यको जानकारीपश्चात उनको मन बेचैन हुन थाल्यो । विबाह पछि पनि उनी दिनप्रतिदिन उदासी बन्दै गए ।दरवारमा उनको ईच्छा र चाहलाई परिर्पूण गर्न भौतिक विलासितामा कुनै कमी थिएन । तर उनले आफुले देखेको सन्यासीसँग आफैलाई तुलना गर्दैं जीवनको मुक्ती मार्ग खोज्न थाले । भौतिक विलासितामा उनी रम्न सकेनन् । सन्तान (राहुल) को जन्म पश्चात पनि उनी गृहस्थ जीवनमा सम्हालिन सकेनन् । जीवनको सत्य बुझेपछि दरबार परिवारिक समृद्धीमा खुशी हुनुको सट्टा उनमा उदास, विरक्ती र वैराग्यले जरो गाडिसकेको थियो ।

अन्तत: उनी २९ बर्षको उमेरमा एक दिन दरवार छाड्ने निणर्य गरे । त्यस मध्यरातमा उनी दरवारको पूर्वीद्वारबाट कन्थक घोडा सहित बाहिरिए । त्यस रातको यात्रामा उनी हालको अयोध्या राज्यको तमाशा नदी किनार पुग्दा उज्यालो भयो । त्यही उनले वस्त्र परिवर्तन गरे । आफु सवार सवार घोडा कन्थक फिर्ता पठाए । घोडा त्यहाँबाट सरासर तिलौराकोट दरबारको पूर्वीद्वारसम्म आईपुग्यो । आईपुग्न साथ घोडा द्वार अगाडीको पोखरीमा लडेर मर्‍यो ।

त्यसपछि उनले जीवनका ६ वर्ष कठीन तपस्या गरे । त्यस बीचमा थुप्रै दु:ख, कष्ट र आरोहअवरोहलाई उनले सामान गर्नु पर्‍यो तरपनि उनी आफ्नो लक्ष्यमा विचलित भएनन् । शरीर बचाउँन उनले सन्यासी भेषमा भिक्षाटन गरिरहँदा एकदिन मगध सम्राट विम्बसारले उनलाई दरवार मैं बस्न आग्रह गरे तर उनले मानेनन् । त्यस बखत जवाफ दिदै बुद्ध भनेका छन् – महाराज मलाई संसारिक भोगको आवश्यकता छैन् । शाक्य वंशिय राजकुल त्याग गरेर प्रव्रजित हुन आएको बुद्धत्व प्राप्तिका लागि हो । त्यसैले मलाई कुनै लोभ मोह छैन् ।

त्यसपश्चात महाराज विम्बसारले आग्रह गर्दै भनेका छन् – तपाईले बुद्धत्व प्राप्त गरेपछि मेरो राजधानीमा आएर धर्मउपदेश गर्नुहुन, मेरो अनुरोध छ । बुद्धले उनको आग्रहलाई स्वीकार गर्दैं ‘हुन्छ’ भनेर त्यहाँबाट विदा भए ।
आफ्नो लक्ष्यलाई निरन्तरता दिदै त्यही राज्यका आलार, कलाम र उदाक राम पुत्र नामक प्रसिद्ध पंडितहरुका आश्रममा केही समय बसेर ध्यान गरे । त्यहाँको वातावरणमा ज्ञान प्राप्त नहुने अन्तरमनको संकेत पाएपछि उरुवेल (गया) तिर लागेका बौद्ध साहित्य अध्ययनबाट जानकारी हुन्छ ।

त्यहाँ उनले निरञ्जना नदीको किनारमा कठिन तपश्या गरे । त्यस बेलासम्म बनेका चेला कोण्डञ्ञ, वप्प, भद्दिय, महानाम, अस्सी लगायतले त्यस बसाईमा उनलाई छाडे । कोण्डञ्ञ उनलाई खोज्दै कपिलवस्तुबाट आएका तपस्वी थिए तरपनि उनी विचलित भएनन् । उनले नैं बुद्धकोे जन्मका बखत यो बालक महात्मा बुद्ध हुन्छ भनी दरवारमा भविष्यवाणी गर्दैं ठोकुवा गरेका थिए ।

तर पनि उनी आफ्नो एकाग्रता र तपस्यामा लिन रहे । त्यही बसाईमा एकदिन उनले सुजता नाम गरेकी कन्याले दिएको भोजन (खीर) ग्रहण गर्नु उनका लागि बाध्यता थियो । त्यस बखत पनि उनलाई उनका अनुयायीहरुले आलोचना गरे । कतिले छाडेर पनि गए । उनको त्यही भोजन नैं बुद्धत्व प्राप्ति अघिको अन्तिम भोजन भयो । कठीन तपस्याको छैठौं वर्षको बैशाख पूर्णिमा कैं रातमा उनलाई बुद्धत्व प्राप्त भयो ।

उनले बुद्धत्व प्राप्त गरेपछि राजा शुद्धोधनले उनलाई कपिलवस्तु निम्ताए । उनले बुद्धत्व प्राप्त गरेको ५ औं वर्षमा मात्र कपिलवस्तु आउने साईत जुर्‍यो । मगध सम्राटसँग त दरवारमा उपदेश दिने उनको पूर्व प्रतिवद्धता नैं थियो । पहिलो पटक उनले सारानाथमा आफ्ना शिष्यहरुलाई उपदेश दिएको बौद्ध साहित्यमा उल्लेख छ । त्यतिञ्जेल बैशाली, काशी, मगध, लगायतका राज्यमा धर्मदेशनामा वर्षाबास बसे ।

बुद्ध कपिलवस्तु आईपुग्दा राजा शुद्धोधन ९८ वर्षका वृद्ध भइसकेका थिए भने बुद्ध भने ४१ वर्षका । कपिलवस्तु आईपुग्दा पनि संयोगले बैशाख पूर्णिमा कै दिन परेको थियो । उनको बासकालागि राजा शुद्धोधनले कालुदायी भन्ने मन्त्रीलाई खटाएर सम्पूर्ण व्यवस्था मिलाएका थिए । उनी आउने मार्गमा दरवारदेखि करिब ७ किलोमिटर वरै मार्गमा नैं भिुक्षु संघका लागि निग्रोधराम बिहार निर्माण समपन्न गराएका थिए । कपिलवस्तु बसाईमा बुद्ध त्यही बिहारमा बसे । त्यही बसाईमा बुद्धले पिताको आज्ञाविना नैं भाई नन्द कुमार, छोरा राहुललाई पनि प्रव्रजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung