३ जेष्ठ २०८१, बिहीबार

 

बुद्ध जयन्तीको उपलक्ष्यमा बागलुडमा बुद्धिचाल प्रतियोगिता

बागलुड ।२६४३ औं बुद्ध जयन्ती र लुम्बिनी दिवसको उपलक्ष्यमा ज्ञानो्दय बुद्ध विहार बागलुडले बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । अन्तर माध्यमिक स्तरीय विद्यार्थीहरु विच आयोजना भएको बुद्धिचाल प्रतियोगिताको उद्घाटन बागलुड खेलकुद विकास समितिको अध्यक्ष धनबहादुर परियार र समाजसेवी विनय शाक्यले गरेका थिए ।

प्रतियोगितामा कालिगण्डकी बोर्डिक स्कुलकीे झरणा थापा प्रथम ,गरिमा आवासिय माविकी आयुस्मा आचार्र्य द्धितीय र अमर आदर्श बोर्डिक स्कुलकी रन्जिता खड्रका तृतीय भएकी छिन ।त्यसै गरी होलिचाइल्ड बोर्डिक स्कुलको सौगात मल्ल प्रथम , अमृत बोर्र्डिक स्कुलको हेमन्त पौडेल द्धितीय र अमृत बोर्र्र्डिक स्कुलको सौरभ शाक्य तृतीय भएको छ ।

उक्त बुद्धिचाल प्रतियोगिताको अध्यक्षता विकास कुमार शाक्य र संचालन ज्ञानोदय बुद्ध विहार बागलुडको सचिव भिमसेन शाक्यले गरेका थिए ।

समाजसेवी विनय शाक्यले आफनो बाजे बलबहादुर शाक्य र बजै सन्त कुमारी शाक्य ,श्री लक्ष्मी शाक्यको स्मृतिमा बुद्धिचाल खेलको लागि ज्ञानोदय बुद्ध विहार बागलुडमा एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाको बलबहादुर सन्त कुमारी श्री लक्ष्मी स्मृति कोष स्थापना गरेपछि हरेक बुद्ध जयन्तीको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय बद्धिचाल प्रतियोगिता विहारले आयोजना गर्र्दै आएको आएको छ ।

ज्ञानोदय बुद्ध विहार बागलुडले व्यवस्थित रुपमा वैशाख ३१ गतेदेखि जेठ ४ गतेसम्म विभिन्न सृजनात्मक कार्यक्रय गरेर बुद्ध जयन्ती मनाइ रहेको युवा बौद्ध संघको अध्यक्ष जोन बज्राचार्यले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्