२०८३ १३, कार्तिक

 

कालिगण्डकी करिडोर निर्माणका क्रममा लडेर मजदुरको मृत्यु

बागलुङ । कालिगण्डकी कोरिडोर निर्माणका क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ ।  सोमबार साँझ ७ बजेको बागलुङ नगरपालिका वडा नम्बर १३ र १४ को सिमाना सिउँडे फाँटमा लडेर मृत्यु भएको हो ।

सडक बिस्तारका लागि काम गर्दै गरेका मजदुर सडकबाट लडेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा गुल्मी सत्यवती– ३ का २६ वर्षीय डानबहादुर तरानी हुन । तरानी एक महिनादेखि कोरिडोर बिस्तारमा मजदुरी गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung