लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहमा रिक्त पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुवैतर्फ गरी ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।
लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।
आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ ।
प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।
























































































































































































































