सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक १८ प्रतिशत बढेको छ भने राजपत्र अनंकितको तलब २० प्रतिशत बढेको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसैगरी चालु आर्थिक वर्ष कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्याएको थियो।
महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।



















































































































































































































