नवलपरासी । पूर्वी नवलपरासीको देबचुली–२ हमाल चोकमा बिहीबार बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–१४ का ६५ वर्षीया कुमारी सुनार र ७० वर्षीया जमुना मापछन छन् ।
अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । दिउँसो १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ५२९५ नम्बर बस र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक जुधेको उनले बताए ।



















































































































































































































