२० बैशाख २०८१, बिहीबार

 

हुक्दीशिरमा सिग्दी सामुदायिक होमस्टेको उद्घाटन

बरेङ गाउँपालिका वडा नं २, हुक्दीशिरमा सिग्दी सामुदायिक होमस्टे उद्घाटन भएको छ। गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले होमस्टेले गाउँमा संचालन भएपछि पर्यटक आउने क्रम बृद्धि हुने र यसले गाउँले आर्थिक जीवन उकास्न टेवा पुर्‍याउँने बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता हिराबहादुर पुनले गरेका थिए भने बरेङ गाउँपालिकाका अध्यक्ष शर्माको प्रमुख आतित्थ्यता  बुधबार एक कार्यक्रमका बीच होमस्टेको उद्घाटन भएको हाे।

कार्यक्रममा बोल्दै  कार्यक्रमको अध्यक्षता गरिरहेका हिराबहादुर पुनले सामुदायिक होमस्टेले बरेङ गाउँपालिकाको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बरेङ गाउँपालिका वडा नं १ का अध्यक्ष नरसिंह पुन, वडा नं २ का अध्यक्ष गुप्तकाला मगर, वडा नं ३ का अध्यक्ष पुर्ण खनाल, वडा नं ५ का अध्यक्ष अ मरबहादुर शेरपुर्जा, कालिगण्डकी गाउँपालिका होमस्टेका अध्यक्ष राजु गुरुङ, समाजवादी पार्टी बागलुङ जिल्ला अध्यक्ष चित्र सापकोटा लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको संचालन मिनबहादुर पुनले गरेका थिए भने स्वागत मन्तव्य मोहन पुनले राखेका थिए।

त्यसैगरी कार्यक्रममा सर्वोदय माविका प्रधानाध्यापक खगराज शर्मा, बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुन, गाउँपालिकाका प्रवक्ता नरबहादुर वि.क, प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल, घरेलु तथा साना उद्योगका अधिकृत रामप्रसाद पाण्डे लगायत स्थानियको  उपस्थिति रहेको थियो।

होमस्टे रेहेको हुक्दीशिर देखि कौडेको धुरीसम्म पुग्ने पदमार्गको सत्र सय सिँढि निमार्णको काम सम्पन्न भईसकेको गाउँपालिकाका प्रवक्ता नरबहादुर वि.कले जानकारी गराए। उक्त काम सम्पन्न गर्नका लागि बरेङ गाउँपालिकाबाट ५ लाख, गण्डकी प्रदेश सरकारबाट १० लाख र ३ लाख बराबरको जनश्रमदान भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्