२३ भाद्र २०८३, मंगलवार

 

कंग्रेसको संसदीय दलको नेतामा सोनिया

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताए ।

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ । नयाँ सरकारको नयाँ केन्द्रीय वार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ ।

लोकसभामा कंग्रेसको ५२ जना सांसद रहेका छन् । गान्धीले संसद्मा उनीहरुको नेतृत्व गर्ने छिन । उनी सन् २००४ देखि निरन्तर कांग्रेसको संसदीय दलको नेता छिन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung