काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गरेकाे जानकारी हुन अाएकाे छ । पार्टीले कब्जा गर्ने उद्धेश्यसहित ‘जनयुद्ध’ शैलीमा चौकी आक्रमण गरेको भनिएपनि स्वतन्त्र रूपमा पुष्टी हुन सकेकाे छैन् ।
समाचार स्रोतका अनुसार, मध्यराति २५–३० जनाको समूह आक्रमण गर्नका लागि चौकी पुगेको थियो । तर विप्लव कार्यकर्ता त्यतिखेर छक्क परे, जतिखेर चौकी पूरै खाली थियो ।
स्रोत भन्छ, ‘आक्रमणको सूचना पाएकाले प्रहरीहरु हतियारसहित सुरक्षित स्थानमा गइसकेका थिए, त्यसैले कब्जाको रणनीति असफल भयो ।’
सो चौकी घटनास्थल सल्लेरीबाट करिब ८० किलोमिटर टाढा छ । त्यहाँ सात जना मात्र प्रहरी कार्यरत थिए अहिले जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगिसकेको छ ।
















































































































































































